Play

इशानेश्वर-करापुटार पोखरा समाजको रक्तदानमा ५९ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा गण्डकी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका बैज्ञानिक डा.निरञ्जन कोइरालाले रक्तदानको महत्वको बारेमा प्रकाश पारे ।

कार्यक्रममा नियमित रक्तदान गर्दै आउनुभएका कमल राज पन्तले ५१ औं पटक रक्तदान गरे ।

समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोतीले गर्नुभएको थियो भने समाजका प्रथम उपाध्यक्ष प्रकाश चन्द्र घिमिरेले धन्यवाद ज्ञापन , कार्यक्रममा स्वागत संयोजक प्रल्हाद चन्द्र घिमिरेले गरेका थए ।

१६ श्रावण २०७९, सोमबार ०८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा