Play

वृत्ति परामर्श तथा रोजगार मेला उपलब्धिमुलक रह्यो: मन्त्री श्रेष्ठ

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला पोखरामा सम्पन्न भएको छ ।

रोजगारी मेला समापन समारोहमा बोल्दै गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार खोज्नेदेखि रोजगारी दिने सबैजना मेलाको माध्यमबाट एउटै स्थलमा भएको उपस्थितिले रोजगार सिर्जनामा महत्वपुर्ण भुमिका खेलेको विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले सीप सिकेका र नसिकेका साथै सीप सिकेर पनि प्रमाणीकरण नभएकाहरुलाई मात्र नभई बेरोजगार रहेका जनशक्तिको पहिचान गरी तिनलाई वृत्ति विकास तथा रोजगारिको उपयुक्त बाटो देखाउने काम रोजगारी मेलाले गरेको दावी गरे ।

भौतिक योजना मन्त्री कुमार खड्काले शिक्षालाई व्यावहारिक तथा जीवनोपयोगी बनाउँदै उत्पादनमुलक कार्यमा जोड्न सके रोजगारी मेलाले फाइदा पुर्याउने बताए ।

गण्डकी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले एसईई तथा प्लस टु सकेर अलमिलएका र रोजगार नपाएर भौतारिरहेका युवाहरुलाई मार्ग प्रशस्त गर्न मेला सफल भएको बताए ।

प्रदेश शिक्षा मन्त्रालयका सूचना अधिकारी टङ्कप्रसाद ढकालले प्रविधिको विकाससंगै अवसरहरु सिर्जना भईरहेको तर्फ इंकित गर्दै ‘टिइएमआइएस’ प्रणालीमार्फत् रोजगार खोज्न सकिनुका साथै सीप प्राप्त गर्ने माध्यम प्राप्त गर्ने भएकाले मेलाबाट विद्यार्थी लाभान्वित भएको विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको विशेष पहलमा आयोजित सो मेलामा शिक्षासँग विभिन्न सम्बन्धित सङ्घसंस्थाहरुको सहकार्यमा हजारौं विद्यार्थी तथा अवलोकनकर्ताहरुको सहभागिता जनाएका थिए ।

रोजगार मेलामा मन्त्री श्रेष्ठ स्वम् सक्रिय भएर दैनिक जसो सहभागि विद्यार्थीहरुलाई मेलाका बारेमा तथा रोजगारका विभिन्न पक्षहरुका बारेमा परामर्श दिइरहेका थिए ।

मेलामा सहभागी विद्यार्थीहरुलाई ‘टिइएमआएस’ एपमार्फत् सीप तथा रोजगारको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिएको छ ।

सहभागीहरुलाई फारम भराएर उनीहरुको सीपको अवस्थाका बारेमा पनि तथ्याङ्क सङ्कलन गरिएको हो ।

सो मेलामा विभिन्न स्टलहरु मार्फत् कलेज, सीप प्रदान गर्ने संस्था, वृत्ति विकाससँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरुले सहभागीहरुलाई परामर्श दिएका थिए ।

 

९ श्रावण २०७९, सोमबार २१:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा