Play

पोखराका मेयर आचार्यको सम्पत्ति सार्वजनिक, सम्पत्ति ४३ करोड बढी

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा महानगरपालिको वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मेयर आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक  सार्वजनीक गरेका हुन् ।

मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । २ करोड ८५ लाख रूपैयाँ बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।

ऋण घटाउँदा उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको आचार्यको सम्पत्ति विवरणमा उल्लेख छ ।

विभिन्न कम्पनीमा सेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६१६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । उनको सबै भन्दा बढि शेयर जलविद्युत आयोजनामा रहेको छ ।

त्यसै गरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा उनकै नाममा ८७ लाख पर्ने जग्गा छ । उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको उल्लेख गरेका छन् । उनी सगँ नगद मौजात १५ लाख रूपैयाँ रहेको जनाएका छन् ।

पोखरा– ९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाडौंको सितापाइलामा श्रीमतीकै नाममा एक करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ ।

मेयर आचार्यसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् । उनले बावुको नाममा रहेको सम्पत्ति समावेश नगरेको जनाएका छन् ।

६ श्रावण २०७९, शुक्रबार २०:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा