Play

जुवा खेलेको आरोपमा ६ जना पक्राउ

गुरुकुल खबर


पोखरा । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं ८बाट जुवा खेलेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
न्यूरोड बस्ने नबीन गौचनको घरमा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नगद २ लाख ५३ हजार ५ रुपैया सहित २०८ पत्ती सहित उनीहरुलाई नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरीरहेको जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने ३२ बर्षिय नबीन गौचन, ५४ बर्षिय सोमत तुलाचन, ४९ को कबिन तुलाचन, पोखरा २ अर्चलबोट बस्ने ५३ बर्षिय बिराट केसी, पोखरा ११ फूलबारी बस्ने ४६ बर्षिय अमित गुरुङ र ४५ बर्षिय नरकाजी गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

३१ असार २०७९, शुक्रबार २०:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा