Play

पालिखेचोकको फाल्चा विवाद सहमतिमा टुङ्गियो

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं ३ पालिखेचोकको फाल्चा बिबाद सहमतिमा टुङ्गिएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, भिन्तुना युवा क्लव पोखराका अध्यक्ष राजन श्रेष्ठ र सरस्वती मन्दिर संरक्षण समिति पोखराका अध्यक्ष मनोज शिल्पकार बिच विभिन्न आठ बुँदामा सहमति पछि विवाद टुंगिएको हो ।

सहमतिमा फाल्चा भित्र हिटि धारा नराख्ने, फाल्चाको साइज मिलेसम्म सानो बनाउने, मौलिक कला निर्माण गर्दा सम्बन्धित विज्ञ एवम् सरोकार वालाहरुसंग सल्लाह गर्ने, हालको मेयरको कार्यकालभित्र नै आवश्यक अधिग्रहण गरी पालिखेचोक चक्लावन्दी गर्ने तथा सो चोकदेखि नालमुखसम्म ढल तथा सडकको स्तरोन्नतरी कार्यक्रम अगाडि बढाउने र उक्त कार्यक्रममा भिन्तुना युवा क्लब र सरस्वती मन्दिर संरक्षण समितिसंग सहकार्य गर्ने बुदाँ रहेका छन् ।

यसैगरी यदि फाल्चा हटाउनै परे दुवै संस्थास)ग सहकार्य गर्ने, पालिखेचोकदेखि नालामुखसम्म वडाले गर्ने हरेक कार्यक्रममा दुवै संस्थाले सहकार्य गर्ने, पोखराको ऐतिहासिक छब्बिस कुरिया बजारको विकास गर्न सम्बन्धित विज्ञ एवम् सरोकार वालाहरुसंग् यहि आर्थिक वर्षमा छलफल चलाउने र भिन्तुना युवा क्लवद्वारा सन्चालित बालधारा पुननिर्माण अभियान मेयरको नेतृत्वमा यहि आर्थिक वर्षमा सम्पन्न गर्ने बुँदामा सहमति भएको भिन्तुना युवा क्लव पोखराका अध्यक्ष राजन श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले आफुहरुको अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र समर्थन गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

१७ असार २०७९, शुक्रबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा