पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उमेद्वार रामचन्द अधिकारी विजयी भएका छन् ।
उनले एमालेका शिवप्रसाद आचार्यलाई ७ सय ५६ मतान्तरले पराजित गरे । अधिकारीले ३ हजार ३ सय ८९ मत प्राप्त गरे भने आचार्यले २ हजार ६ सय ३३ मत प्राप्त गरे ।
खुल्ला सदस्यमा एमालेका विनोद भण्डारीले २ हजार ५ सय ४२ मत र प्रकाश कार्कीले ३ हजार १ सय ४२ मत ल्याएर विजयी प्राप्त गरे ।
महिला सदस्यमा कांग्रेसकी दुर्गादेवी थापाले ३ हजार ६० मत, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले २ हजार ६ सय ४८ मत ल्याएर विजयी प्राप्त गरीन् ।
११ जेष्ठ २०७९, बुधबार ०७:१७ मा प्रकाशित