Play

तनहुँको व्यास – ८ मा काँग्रेसका युवराजको टिम लोकप्रिय मत सहित विजयी

गुरुकुल खबर


पोखरा । व्यास नगरपालिका वडा नं ८ तनहुँको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार युवराज गुरुङ विजयी भएका छन् । गुरुङले नेकपा एमालेका उम्मेदवार विजय दवाडीलाई भारी मतले पछि पार्दै वडाध्यक्ष पदमा बिजयी बनेका हुन् ।

वडाध्यक्षमा विजयी गुरुङले ६ सय ३३ मतको अन्तरले दवाडीलाई पराजित गरेका हुन् । गुरुङले ९ सय १४ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी विजय दवाडीले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए ।

वडा सदस्य पदका उम्मेदवारहरुमा महिला सदस्य विष्णुमाया रानाले ९ सय ११, दलित महिला सदस्य शकुन्तला ठडराईले ८ सय ९४ र खुल्ला सदस्यमा थमनसिंह गुरुङले ८ सय १८ र रामप्रसाद मिश्रले ८ सय २६ मत प्राप्त गरेका थिए । उनीहरु सबै नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा विवाद सिर्जना भएपछि सो वडामा जेठ ४ गते पुन मतदान गरिएको थियो । वैशाख ३० गते सो वडाको मतदान केन्द्रमा मतदानका लागि तयारी अवस्थामा राखिएका मतपत्र नेकपा एमाले र जोशी समुहबाट मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका दिपकराज जोशीले मतदान केन्द्रमा पसेर मतपत्र च्यातेपछि विवाद बढेको थियो ।

विवाद पश्चात १ घण्टा ४० मिनेट मतदान रोकिएको र सोही दिन नै पुन संचालन गरी सम्पन्न गरिएको थियो । मतदान सम्पन्न पछि सुरक्षित साथ मतपेटिका सदरमुकाम दमौली ल्याईएपनि जोशी पक्षले विरोध गर्दै पुन मतदानको माग गरेपछि जेठ ४ गते पुन मतदान गरिएको थियो ।

त्यस वडाबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार बैकुण्ठ न्यौपानेलाई  ७ सय ८८ र उपमेयर पदका उम्मेदवार इन्दिरा दरैलाई ८ सय ६६ मत परेको थियो ।

नेकपा एमाले र जोशी समुहबाट मेयर पदका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीलाई ३ सय ५० मत परेको थियो भने उपप्रमुख बसुन्धरा घर्तीलाई २ सय ६९ मत प्राप्त भएको थियो ।

७ जेष्ठ २०७९, शनिबार ०६:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा