Play

पोखरा ७ मा दशकौं पछि कांग्रेसका आचार्य वडाध्यक्षमा बिजयी

गुरुकुल खबर


पोखरा ६ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य विजयी भएका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई पछि पार्दै वडाध्यक्ष पदमा बिजयी बनेका हुन । बराल यस अगाडी पनि सोही वडाको वडासदस्य एवं पोखरा महानगरपालिकाको न्यायिक समितिको सदस्य थिए ।

वडाध्यक्षमा बिजयी आचार्यले ९९ मतको अन्तरले बराललाई पराजित गरेका हुन् । आचार्यले १ हज़ार ३८३ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी किशोर बरालले १ हजार २ सय ८४ मत मात्र प्राप्त गरेका थिए ।

पोखराको वडा नं ७ दशकौदेखि नेकपा एमालेको प्रभाव क्षेत्रको रुपमा चिनिंदै आएको भएपनि यस पटक कांग्रेसले जितेकोमा वडावासी समेत प्रशन्न छन् ।

सोही वडाका नेपाली कांग्रेसका सभापति नबिन बरालले कांग्रेस कार्यकर्ताहरु बिचको एकता अनि कम्युनिस्टले बर्षौदेखि वडावासीलाई पेल्दै आएको कारण कम्युनिस्टबाट मुक्ति पाउन समस्त वडावासीले कांग्रेसलाई जिताएको बताए ।

वडाध्यक्षमा विजयी आचार्य कांग्रेसका युवा अनि सहयोगी र मिलनसार स्वभावका समेत रहेकोले पनि वडावासीहरुले मत दिएको बताईन्छ । सबै जसो सुर्य चिन्हमा मत दिने तर वडाध्यक्ष पदमा भने रुखमा मत दिएको केही मतपत्र भेटिएको मतगणनामा बसेका प्रतिनिधिले गुरुकुल खवरलाई जानकारी दिए ।

त्यस वडाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापालाई १ हज़ार १ सय १५ मत र उपमेयरका उमेदवार मन्जु देवी गुरुङलाई १ हज़ार ३ सय ८६ मत परेको थियो भने नेपाली कांग्रेस सहितको गठबदवन्धनका उमेदवार धनराज आचार्यलाई १ हज़ार ३ सय १६ र उपमेयरका उमेदवार कोपिला रानाभाटलाई १ हज़ार २ सय ४३ मत परेको थियो । यसरी हेर्दा उनलाई कांग्रेसका अरु उम्मेदवारको भन्दा बढी मत परेको स्पष्ट हुन्छ ।

वडा नं ७ मा निर्वाचित वडा सदस्यहरुमा विष्णुमणि बराल, अर्जुन थापा, सुनिता सुनार र बसुन्धरा लामिछाने रहेका छन् । वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएपनि सदस्यहरु भने नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

६ जेष्ठ २०७९, शुक्रबार २२:३० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा