Play

एमालेका बराल पुन: पोखरा ८ को वडाध्यक्षमा विजयी

गुरुकुल खबर


पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार रुद्रनाथ बराल प्यानल सहित विजयी भएका छन् । बराल यस अगाडी पनि सोही वडाको वडाध्यक्ष थिए । उनले २ हजार सय मत प्राप्त गरेका थिए । बरालको निकटतम प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी शारदा गिरीले १ हजार ५ सय २५ मत मात्र प्राप्त गरेकी थिईन् ।
गिरी र बराल दुबै जना यस अगाडी २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, त्यस बेला पनि बरालले गिरिलाई पराजित गरेका थिए ।

नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापालाई १ हजार ६३९ मत र उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङलाई १ हजार ९ सय ७५ मत परेको त्यस वडामा वडाध्यक्षका उम्मेदवार बराललाई भने मेयर थापाको भन्दा ५०१ मत बढ़ी तथा उपमेयर गुरुङको भन्दा १ सय ५६ मत बढ़ी परेको छ । यसरी हेर्दा वडाध्यक्ष बराललाई एमाले समर्थित कार्यकर्ता भन्दा बाहिरबाट समेत मत आएको देखिन्छ । त्यस वडामा नेपाली कांग्रेसका धेरै नेताहरु समेत रहेकोले कांग्रेस उम्मेदवार गिरीको पराजयले विभिन्न प्रश्नहरु उब्जिएको बताईन्छ ।

खुल्ला सदस्यमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ, महिला सदस्यमा पवित्रा पौडेल र दलित महिला सदस्यमा लक्ष्मी विक विजयी भएका छन् । उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

६ जेष्ठ २०७९, शुक्रबार २१:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा