Play

पोखरा महानगरपालिका वडा नं १० मा अग्रता बढाउँदै काँग्रेसका राजेश

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १० को १३ सय मत गणना गर्दा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले अग्रता बनाइरहेका छन् ।

उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार पवित्रदेवी गुरुङलाई ३ सय २४ मतले पछि पारेका छन् । गुरुङले ७ सय ४ मत प्राप्त गरेका छन् भने पवित्रदेवीले ३ सय ८० मत ल्याएकी छिन् ।

नेपाली काँग्रेसका महिला सदस्य पदका उम्मेदवार नरदेवी गुरुङले ६ सय ४८, दलित महिला सदस्य सुनीमाया नेपालीले ६ सय ४९, खुल्ला सदस्य परमेश्वरबहादुर कार्कीले ६ सय २७ र  अर्का खुल्ला सदस्य पूर्णचन्द्र न्यौपानेले ६ सय १७ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङसहित सदस्यका उम्मेदवारहरु सबैले ३ सय भन्दा बढी मतको अग्रता लिईरहेको नेपाली काँग्रेस वडा ईकाई समिति सचिव उदिम गुरुङले जानकारी दिए ।

मतगणनाको सुरुवातीबाट नै काँगे्रसका उम्मेदवारहरुले अग्रता लिईरहेकोेले विजय प्राप्त गर्नेमा आफुहरु ढुक्क रहेको सचिव गुरुङको भनाई छ ।

जम्मा ३ हजार ४ सय ७५ मत खसेको वडा नं १० मा अब २ हजार १ सय ७५ मत गन्न बाँकी छ ।

६ जेष्ठ २०७९, शुक्रबार २०:०४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा