Play

पोखरा महानगरपालिका वडा नं १० मा अग्रता बढाउँदै काँग्रेसका राजेश

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १० को १३ सय मत गणना गर्दा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले अग्रता बनाइरहेका छन् ।

उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार पवित्रदेवी गुरुङलाई ३ सय २४ मतले पछि पारेका छन् । गुरुङले ७ सय ४ मत प्राप्त गरेका छन् भने पवित्रदेवीले ३ सय ८० मत ल्याएकी छिन् ।

नेपाली काँग्रेसका महिला सदस्य पदका उम्मेदवार नरदेवी गुरुङले ६ सय ४८, दलित महिला सदस्य सुनीमाया नेपालीले ६ सय ४९, खुल्ला सदस्य परमेश्वरबहादुर कार्कीले ६ सय २७ र  अर्का खुल्ला सदस्य पूर्णचन्द्र न्यौपानेले ६ सय १७ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष पदका उम्मेदवार राजेश गुरुङसहित सदस्यका उम्मेदवारहरु सबैले ३ सय भन्दा बढी मतको अग्रता लिईरहेको नेपाली काँग्रेस वडा ईकाई समिति सचिव उदिम गुरुङले जानकारी दिए ।

मतगणनाको सुरुवातीबाट नै काँगे्रसका उम्मेदवारहरुले अग्रता लिईरहेकोेले विजय प्राप्त गर्नेमा आफुहरु ढुक्क रहेको सचिव गुरुङको भनाई छ ।

जम्मा ३ हजार ४ सय ७५ मत खसेको वडा नं १० मा अब २ हजार १ सय ७५ मत गन्न बाँकी छ ।

६ जेष्ठ २०७९, शुक्रबार २०:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा