Play

चुनाव जितेर पोखराप्रति अपनत्व जगाउँछौ : गनेस पौडेल

गुरुकुल खबर


पोखरा । दलीय भागबण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ ।
अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए ।
‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन् । भरे, आउँछन् भनेर भन्नु भयो, जबकी उहाँ आफैं पोखराबासि हो,’ उनले भने, ‘पोखराबासि हुँ भन्ने महसुस नै भएको छैन । जबसम्म पोखरा बासि हुनुको महसुस हुन्न, पोखरा नामप्रति अपनत्व महसुस गर्न सक्दैन, तबसम्म विकासको थोत्रा गफ गरेर कुनै फाइदा छैन ।’
ग्रामीण क्षेत्रसम्म पहिचानको समान वितरण हुनुपर्ने उनले बताए । ‘त्यो भनेको के भन्दा सेवा सुविधाको अवधारणा । त्यसको लागि एक गाउँ एक पर्यटकीय गन्तव्य हुनुपर्छ । ति सबै प्रकृति र पर्यावरणसँग सम्बन्धित रहेका छन्,’ उनले भने ।
चुनाव जितेपछि उनले पोखरालाई सिर्जनात्मक सहर बनाउने उनले बताएका छन् ।  कल्चर हाउस र सिर्जनाग्रामको पनि पहिचान गरेर पोखरामा मुभमेन्टहरु बढाउने उनले बताए ।
सामुदायिक शिक्षाको दुरावस्थाले देश विकास हुन नसकेको बताउँदै उनले सबैभन्दा पहिला सामुदायिक शिक्षा सुधार गर्नपट्टी आफूहरु लाग्ने उनले बताए । अहिले स्वास्थ्यमा देखिएको विकराल समस्याका कारण घरपरिवार दुई तिर बाँडीनु परेको उनले बताए । कम्तिमा महानगरले अपनत्व लिएर उपचार गर्नुपर्ने उनले बताएका छन् ।

२७ बैशाख २०७९, मंगलवार २२:१६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा