Play

चुनावको मौन अवधिभर कास्कीमा मदिरा बिक्री वितरणमा रोक

गुरुकुल खबर


पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्रि वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिनाजन्य सामग्रीहरुको विक्रिवितरण पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

जिल्ला प्रशासख कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायी सगँको छलफलपछि बैशाख २७ गते राती १२ बजे पछि मौन अवधिभर मदिना विक्रिवितरण पूर्ण रुपमा बन्द गरेर मात्रै व्यासाय सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

रात्रीकालिन व्यवसायलाई बैशाख २५ देखी २८ गते सम्म राति ११ बजेसम्म सञ्चालन गर्ने, २९ गते ८ बजेसम्म मात्र सञ्चालन गर्ने, बैशाख ३० गते निर्वाचनका दिन पूर्ण रुपमा बन्द गरेर गर्ने र बैशाख ३१ गते देखी जेठ १० गते सम्म राति ११ बजे सम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

निर्वाचन प्रचार–प्रसारका बेला मदिराजन्य पदार्थ सेवन गरी दलका कार्यकर्ताद्वारा हिंसात्मक क्रियाकलाप हुन सक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको उल्लेख छ ।

२५ बैशाख २०७९, आईतवार ०८:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा