Play

पोखरा ३१ मा मेयर र उपमेयका उम्मेदवार सहित एमालेको चुनाबी कार्यक्रम 

गुरुकुल खबर


पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई अत्याधिक मतका साथ बिजय गराईदिन मतदातालाई आग्रह गरेका छन् ।

नेकपा एमाले पोखरा ३१ ले शुक्रबार बेगनासताल मोहोरीयामा मेयर र उपमेयरका उम्मेदवार परिचय सहित आयोजना गरेको आमसभामा बोल्दै अधिकारीले देशको समृद्धि र बिकासको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेलाई अत्याधिक मतका साथ बिजय गराईदिन आग्रह गरेका हुन् ।
यतिबेला गठबन्धन भित्र कुन चुनाब चिन्हमा मतदान गर्ने भन्ने अन्यौल रहेको भन्दै नेता अधिकारीले अन्यौल नभएको सुर्य चिन्हमा मतदान गरि एमालेलाई बिकास र समृद्धिको नेतृत्व सुम्पन समेत आग्रह गरे ।

नेकपा एमाले ३१ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले लेखनाथ क्षेत्रलाई आफुले प्राथमिकताका साथ हेरेको भन्दै कम्तिमा पनि हप्ताको २ लेखनाथ क्षेत्रमा नै आएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने ” लेखनाथ तिर मेयर र उपमेयरका उमेदवार दुबै पारीका भए यतालाई हेर्दैनन कि भन्ने गुनासो पनि रहेको छ । म सबै ठाउँलाई समान रुपमा बिकास गर्ने प्रतिबद्धता बोकेर आएको छु । तपाईहरु बिच प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु म कम्तीमा पनि हप्ताको २ यसै क्षेत्रमा आएर सेवा प्रदान गर्ने छु । ”

बेगनासताल र फेवाताल बिच पर्यटकिय रुपमा जोड्न यातायातको सहज र दुर्त सेवा पनि आफ्नो योजनामा रहेको भन्दै थापाले एमाले कै नेतृत्व पालामा तालचोक बेगनासलताल सडकलाई चार लाईनको बनाउने कामको टेण्डर सम्झौता भईसकेकोले छिटै काम सुरु हुने दाबी गरे ।
उपमेयर पदका उम्मेदवार मन्जुदेबी गुरुङ्गले विभिन्न अप्ठेराका बिच पनि गएको ५ बर्षमा एमाले नेतृत्वको महानगर टिमले सम्झन लायक धेरै काम गरेको दाबी गरिन ।
कार्यक्रममा पोखरा ३१ का लागि एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले पोखरा ३१ मा मतदाताको उत्साहजनक प्रतिक्रिया पाईरहेको र आफ्नो टिमले जित्नेमा ढुक्क रहेको बताए ।
नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्य सहित आमसभा, कोणसभा, मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई जारी राखेको प्रचार-प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

२३ बैशाख २०७९, शुक्रबार २०:५७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा