Play

स्याङ्जा कांग्रेसले टुंग्यायो ६ गाउँपालिका उम्मेदवार

गुरुकुल खबर


स्याङ्जा | नेपाली कांग्रेस स्याङ्जाले  शनिबार साँझ बसेको बैठकले गठबन्धन कायम गर्नेगरी ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार टूंग्याएको छ। नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार चयनका लागि भने गण्डकी प्रदेशमा छलफल जारी रहेको बताइएको छ।

पालिकामध्ये अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएका छन। अन्य ५ वटा पालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र अन्य केही पदहरु दिनेगरी उम्मेदवार चयन गरेको पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए। उनका अनुसार अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ्लाई उम्मेदवार बनाउने निर्णय भएको छ।

यसैगरी फेदीखोलामा लक्ष्मीप्रसाद बराल, आँधीखोला गाउँपालिकामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, विरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो।

उपाध्यक्षसहित तोकिएका संख्यामा केही अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर पठाउने भएका छन्। नेकपा एमालेको गढ मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्यागगरी केही साताअघि कांग्रेसमा प्रवेश गरेका हुन। उनलाई केहीदिनअघि जिल्ला सदस्य पदमा मनोनित भएका थिए।

जिल्लास्थित ठूला राजनीतिक दल एमाले र कांग्रेसले भने सोमबार मनोनयन दर्ता गराउने जनाएका छन्।

११ बैशाख २०७९, आईतवार १६:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा