Play

अन्नपूर्ण गाउँपालिका वडा नं ११ को वडाध्यक्षमा ललित गुरूङ सर्वसम्मत सिफारिस

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेस कास्कीका युवा नेता ललित गुरूङ अन्नपूर्ण गाउँपालिका वडा नं ११ को वडाध्यक्ष उम्मेदवार बनेका छन् । नेता गुरुङलाई वडा ईकाई कार्य समितिले वडाध्यक्षमा सर्वसम्मत सिफारिस गरेको हो। साविक घान्द्रुक गाविस हालको अन्नपुर्ण १० र ११ मा विकासप्रेमी युवाको छबि बनाएका गुरूङ प्रशासनिक र राजनीतिक क्षेत्रको जनसम्पर्कमा समेत राम्रो पकड भएका युवा नेता हुन् ।

वडाध्यक्षमा सिफारिस भएका गुरूङले घरदैलो अभियान सुरू गरेको वडा सभापति विशाल गुरूङले जानकारी दिए । किम्रोङखोला, चुइले, घुर्जुङ, टाँडापनी लगायतका स्थानमा घरदैलो सुरू भएको छ । वडाध्यक्ष उम्मेदवार गुरूङले भने–‘यस क्षेत्रको समग्र समुन्नतिका लागि मेरो उम्मेदवारी हो ।’ ‘यो क्षेत्रको दिगो पर्यटन विकासका लागि आफुले विगतदेखि लाग्दै आएको छु । आर्थिक सवलीकरण र थप पर्यटन पूर्वाधार विकासको लागि काम गर्ने प्रतिवद्दता व्यक्त गर्दछु ।’

नेपाली काँग्रेस साविक घान्द्रुक गाउँ समितिका सभापति समेत रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा क्रियाशील छन् । अन्नपूर्ण गाउँपालिकाकै पर्यटनको केन्द्र घान्द्रुक गाउँको समग्र विकासमा योगदान गर्दै आएका गुरुङले अन्नपूर्ण आधारशिविर देखि घान्द्रुक गाउँसम्म अन्नपूर्ण म्याराथन ९४२र१९५० कि।मि। को सुरुवात गरी खेल पर्यटनको अवधारण विकास गरेका थिए । गुरूङकै नेतृत्वमा २०७४ सालमा अन्नपूर्ण आधारशिविर ९४१३० मिटरमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको आरम्भ गरिएको हो ।

अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकासको अध्ययन समितिको संयोजक रही गुरूङको नेतृत्वमा तयार पारिएको प्रतिवेदन बमोजिम गाउँपालिकाले त्यस क्षेत्रको पूर्वाधार विकासका कार्यहरु अघि बढाएको थियो । घान्द्रुकको सडक, पुल, खानेपानी आयोजना समेतका पूर्वाधार निर्माणमा पनि गुरुङको महत्वपूर्ण योगदान छ । पर्यटन व्यवसायी समेत रहेका गुरुङको स्थानीय किम्रोङखोलामा घान्द्रुक एग्रो फर्म सञ्चालनमा छ ।

९ बैशाख २०७९, शुक्रबार ११:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा