पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्धितिय उपाध्यक्षमा कमला गिरी र महासचिवमा संगिता पौडेल निर्वाचित भएका छन् । सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी समितिको सह-कोषाध्यक्षमा सुवास भण्डारी र सदस्यहरुमा तारा प्रसाद गौतम, सन्दिप श्रेष्ठ, सुशीला सिग्देल, खुमबहादुर नेपाली, तुलबहादुर गुरुङ, रात्नराज रेग्मी र गणेश पोखरेल चयन भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख गुरुङले पर्यटन प्रवद्र्धनका लागि सरकार गम्भीर रहेको बताउदै नीजि क्षेत्रले पनि गम्भीरता देखाउनु पर्ने आवश्यकता औल्याए ।
अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल टुरिजम बोर्डका डाईरेक्टर धनञ्जय रेग्मी, पुरातात्विक विभाग प्रमुख रेमशराज पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पर्यटकको बसाई लम्ब्याउनकालागि निजी क्षेत्रले पर्यटनमा लगानी धेरै गरेको भएपनि पोखराको अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउन र टुरिष्ट बसपार्क निमार्ण सम्पन्न पश्चात पनि हस्तान्तरणमा भएको ढिलाई प्रति सरकार गम्भीर हुनु पर्नेमा जोड दिएका थिए ।