Play

‘ब्याण्ड च्याम्पियन नेपाल’को होस्टमा संजोग

गुरुकुल खबर


पोखरा, ब्याण्ड च्याम्पियन नेपालको ‘होस्ट’को रुपमा संचारकर्मी संजोग बस्यालको ‘इन्ट्रि भएको छ । च्याम्पियनको टप टेन राउण्डबाट बस्याल होस्टको रुपमा इन्ट्रि गरेका हुन् ।

यस अगाडि होस्टको रुपमा मेघा श्रेष्ठले यो शो लाई सम्हालिरहेकी थिईन् । नेपाल आइडलबाट चर्चा कमाएकी श्रेष्ठसँगै ब्याण्ड च्याम्पियन नेपालकाआगामी शो हरुमा बस्याल देखिनेछन् । यो शो लाई मि टिभीको प्रस्तुतीमा ‘द लास्ट फ्राइडे इभेन्ट्स’ले निर्माण गरेको हो । शो को निर्देशक मोहनराज अधिकारी हुन् ।

‘ब्याण्ड च्याम्पियन नेपालको पहिलो सिजनलाई धमाकेदार बनाउनका लागि उत्कृष्ट १० देखि हामीले अर्का सुप्रिय होस्टलाई भित्राएका छौँ ।’ शोका निर्देशक अधिकारीले भने–‘होस्टको रुपमा संजोग बस्यालको इन्ट्रिले हामीलाई अझै बढि जोश थपेको छ ।’ अधिकारीले ब्याण्ड च्याम्पियन नेपालको पहिलो सिजनलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको बताए ।

संजोग बस्याल रियालिटी शो को होस्टको रुपमा चल्तीको नाम हो । उनले यस अगाडि नेपाल टेलिभिजनबाट प्रशारित गायन रियालिटी शो ‘नेपाल स्टार’को होस्टको रुपमा काम गरिसकेका छन् । पोखराको बिगएफएमले आयोजनागर्ने चर्चित गायन रियालिटी शो ‘बिगआइकन’को होस्टको रुपमा पनि उनले लामो समय काम गरेको अनुभव छ । बिग आइनको सातौँ सँस्करण सम्म उनै बस्यालले होस्टको रुपमाकाम गरेका थिए । हाल उनी रेडियो कान्तिपुरमा पनिकार्यक्रम संचालकको रुपमा कार्यरत छन् ।

‘ब्याण्ड च्याम्पियन नेपाल सँग जोडिएर काम गर्दा मलाई गज्जबको अनुभूती भएको छ । भव्य रुपमा संचालनमाआईरहेको कार्यक्रममाआफूलाई होस्टको रुपमा पाउँदा मलाई अझै निखारिने मौका सँगै चुनौती पनि थपिएको छ ।’ बस्यालले भने–‘शो लाई जतिसक्दो राम्रो बनाउन मेरो सकेसम्मको उर्जा लगाउने छु ।’

रियालिटी शो ‘ब्याण्ड च्याम्पियननेपाल’मा नेपालकाथुप्रै ब्याण्डहरु प्रतियोगीको रुपमा सहभागी छन् । यो शो को निर्णायकको रुपमा चर्चित गायक रबिन तामाङ सहित ज्योति घिमिरे र देव राणा रहेका छन् । रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’ हरेक हप्ताको शुक्रबार र शनिबार एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

२० चैत्र २०७८, आईतवार ०६:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा