Play

आदर्श युवा क्लब भण्डारढिकको रक्तदानमा ५५ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं २९, भण्डारढिकमा रहेको आदर्श युवा क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ । क्लवका अध्यक्ष विष्णु हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले व्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गर्दै क्लबका राम्रा कार्यमा वडाको सधैं साथ सहयोग रहिरहने वताए ।

पहिलो रक्तदाताका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् क्लबका सल्लाहकार छत्रधर आत्रेयले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए उनले मानिसको शरीरबाट तीन ÷तीन महिनामा खेर जाने रगतलाई कार्यक्रम मार्फत संकलनु गर्नु राम्रो र उदाहरणीय काम भएको धारणा राखे ।

क्लवको वार्षिकोत्सव तथा २७ औं रक्तदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका वडा नं २९ का निवर्तमान वडाध्यक्ष चेतबहाुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली, दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी,ङयोए तमुधिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग, नवदुर्गा टोल विकास समितिका अध्यक्ष चिनबहादुर गुरुङ्ग, क्लवका पूर्व अध्यक्ष कृष्ण गुरुङ्ग, निवर्तमान अध्यक्ष पदम गुरुङ्ग, लगायतले रक्तदानको महत्ववारे बोलेका थिए ।

रक्त सञ्चार केन्द्र पोखराका प्रतिनिधि यमुना केसी नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको रक्तदान कार्यक्रममा उपाध्यक्ष सन्तोष गुरुङ्गले स्वागत तथा सञ्चालन सचिव ओमप्रकाश कुमालले गरेका थिए । रक्तदानमा युवा क्लवका सल्लाहकारहरु, भण्डारढिकका आमा समुह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सकृय सहभागिता रहेको कार्यक्रम थियो ।

१२ मंसिर २०८३, शनिबार २३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा