Play

हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको लगानी २२ करोड ४५ लाख, २१ करोड बढी निक्षेप संकलन

गुरुकुल खबर


पोखरा, पोखरा महानगर पालिका वडा नं ६ मा संचालित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाले २२ करोड ४४ लाख ३१ हजार ७ सय रुपैया बिभिन्न क्षेत्रमा ऋण लगानी गरेको जनाएको छ । सहकारीले गत आवको भन्दा ६ करोड ९३ लाख ५४ हजार ९ सय २७ रुपैया कम लगानी गरेको बताइएको छ । संस्थाको शनिबार सम्पन्न १६ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले आर्थिक बर्ष २०८२/०८३को बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन ।

७ करोड ५५ लाख ५५ हजार ९ सय रुपैया शेयर पुँजी रहको सहकारीले २१ करोड ९ लाख ३० हजार ७ सय ८० रुपैया निक्षेप संकलन गरेको र  ४ करोड ७२ लाख ३८ हजार २ सय ३७ रुपैया सहकारीको जगेडा कोषमा राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीले आर्थिक वर्ष २०८२/८३मा ३ करोड ४३ लाख ८१ हजार ४ सय १४ रुपैया आम्दानी गरी २ करोड ७६ लाख २१ हजार ४ सय १४ रुपैया खर्च भइ ६७ लाख ६० हजार रुपैया खुद नाफा कमाउन सफल भएको जानकारी दिईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका शेयर सदस्य एबम गण्डकी प्रदेश सभासद देवका पहारीले सभाको उद्घाटन गर्दै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरिन । सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताउंदै उनले सबै सेयर सदस्यहरुले आफ्नै सहकारीमा बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राखिन ।

सहकारीका संस्थापक सचिब एकराज न्यौपानेले उत्पादनशिल क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउदै सहकारीले ऐनकानुनको पालना गरी अगाडी बढनुपर्ने बताए । पोखरा महानगरपालिका वडा नं ६ पूर्व वडाअध्यक्ष तथा शेयर सदस्य गोविन्द कुमार श्रेष्ठ र अर्का सदस्य जगनाथ पौडेलले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो बनेर आर्थिक पारदर्शिताको बिषयमा ध्यान दिनुपर्ने बताए ।

शेयर सदस्य रेनु लामिछानले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए्की थिइन । संस्थाका अध्यक्ष क्षेष्ठले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव चिरञ्जिवि  पोखरेलले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले पेश गरेको आर्थिक प्रतिवेदनको साथै ऋण लगानी तथा असुलि उपसमितिका संयोजक भरत बहादुर पौडेल प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बरालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित साधारणसभाले पारित गरेको छ ।

त्यस अबसरमा संस्थाका उपाध्यक्ष भरत बहादुर पौडेल, कार्यसमितिका सदस्य जमुना पहारीले सहकारीका बिबिध बिषयमा आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा उत्कृष्ट कारोबार गरेको भन्दै गोविन्दकुमार श्रेष्ठ र हिरु पुनलाइ सम्मान गरिएको थियो । माध्यमिक तथा उच्च माध्यमिक तहतर्फ उत्कृष्ट अकं ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको सहकारीका प्रमुख व्यवस्थापक डमरुराज बरालले गुरुकुल खबरलाई जानकारी दिए।

१२ मंसिर २०८३, शनिबार १९:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा