Play

मानव अधिकार संरक्षण मञ्चको नयाँ केन्द्रीय कार्यसमिति, अध्यक्षमा कास्कीका डा. खतिवडा

गुरुकुल खबर


काठमाडौं, मानब अधिकारको क्षेत्रमा क्रियाशील संस्था मानव अधिकार संरक्षण मञ्च (मासम) नेपालको नवौँ राष्ट्रिय सम्मेलनले कास्कीका डा. श्रीकान्त खतिवडा अध्यक्ष रहेको नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न सम्मेलनले डा. खतिवडा अध्यक्ष रहेको २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो डा. खतिवडा गण्डकी प्रदेश नीति योजना आयोगका पुर्व उपाध्यक्ष एबम प्राध्यापक हुन

समितिको उपाध्यक्षमा दाङका कृष्ण गौतम, महासचिबमा तनहुँका धनन्जय खनाल, सचिबमा चितवनका डा. यमबहादुर बिक र कोषाध्यक्षमा बिना खड्कालाई चयन गरिएको छ कार्यसमितिको सदस्यहरुमा धनुषाका डा. बिजय दत्त, रुपन्देहीका डा. कृष्ण नेउपाने, काठमाडौँका शिबकुमार खकुरेल, कैलालीका डिल्लीराज जोशी, स्याङ्गजाका गिरधारी सुबेदी, पांचथरका लेखनाथ सिकारु, सुनसरीका डा. गीता खड्का, बझांगका श्याम सुनार, बाग्लुंगकी सिर्जना थापा मगर र सुर्खेतका कविन्द्र कुमार केसी लगायतका रहेका छन

अध्यक्षमा निर्बिरोध निर्बाचित भएपछि डा. खतिवडाले मानव अधिकार संरक्षण, नागरिक स्वतन्त्रता, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्य-मान्यताको प्रवर्द्धनमा संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस अगाडी सम्मेलनको उद्घाटन सत्रमा संस्थापक अध्यक्ष बद्रीप्रसाद खतिवडा प्रमुख अतिथि तथा मानव अधिकारकर्मी एवं टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेल विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस अबसरमा बोल्दै विशेष अतिथि सुशील प्याकुरेलले नेपालको वर्तमान मानव अधिकारको अवस्था र चुनौतीबारेमा प्रकाश पारेका थिए।

सम्मेलनको उद्घाटन सत्रमा संस्थाका उपाध्यक्ष सावित्री जोशी, महासचिव डा. श्रीकान्त खतिवडाले संस्थाका बिबिध गतिबिधि बारेमा प्रकाश पारेका थिए। सो अवसरमा सम्मेलनको बन्दसत्रमा सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल भई पारित गरिनुका साथै आगामी कार्ययोजना तय गर्दै निर्वाचन प्रक्रियामार्फत डा. खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।

सोही सम्मेलनमा संस्थाका निवर्तमान अध्यक्ष गणेश विश्वकर्माले ‘आजको परिवर्तित सन्दर्भमा मानव अधिकार आन्दोलनका समसामयिक एजेण्डाहरू’ शीर्षकको अवधारणा पत्र प्रस्तुत गरेका थिए। अवधारणा पत्रमा हिजोको मानव अधिकार आन्दोलन नागरिक तथा राजनीतिक अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामा सीमित रहेकोमा आजको बदलिँदो परिवेशमा आन्दोलनका प्राथमिकताहरू बदलिएको उल्लेख छ।

अवधारणा पत्रमा आजको मानव अधिकार आन्दोलनले मुख्यतः पाँचवटा अन्तरसम्बन्धित मुद्दा- जातीय मुक्ति (जात व्यवस्था र संरचनागत विभेदको अन्त्य), वर्गीय न्याय (गरिबी, भूमिहीनता र आर्थिक असमानताको अन्त्य), लैङ्गिक न्याय, वातावरणीय तथा जलवायु न्याय, र डिजिटल निगरानीसहितको लोकतान्त्रिक न्याय (सुशासन र दण्डहीनताको अन्त्य) लाई प्रमुख एजेण्डा बनाउनुपर्नेमा जोड दिइएको छ।

अबको मानव अधिकार आन्दोलनलाई केवल घटना अभिलेख गर्ने, विज्ञप्ति निकाल्ने र विरोध प्रदर्शन गर्ने परम्परागत शैलीमा मात्र सीमित नराखी राज्य, निजी क्षेत्र र सार्वजनिक संस्थाको जवाफदेहिता खोज्ने, डिजिटल अधिकार तथा प्रविधिजन्य विभेद नियन्त्रण गर्ने र पीडितको न्यायमा पहुँच तथा परिपूरण सुनिश्चित गर्ने हस्तक्षेपकारी अभियानका रूपमा अघि बढाउनुपर्ने कार्यदिशा अवधारणा पत्रमा समेटिएको छ।

२०४१ सालमा स्थापना भएयता पञ्चायतविरोधी आन्दोलन, सशस्त्र द्वन्द्वका बेलाको मानव अधिकार रक्षा र २०६२/६३ को जनआन्दोलनमा मासमले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै सबै प्रकारका विभेद र उत्पीडनमुक्त समतामूलक समाज निर्माणको दीर्घकालीन लक्ष्य लिइएको छ।

७ मंसिर २०८३, सोमबार १२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा