Play

पोखरा लायन्स क्लबको स्वर्ण महोत्सब: क्लबका अग्रजको सम्मान, आरोग्य भवन र शवदाह स्थल निर्माण

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव समारोहको अबसरमा क्लबका संस्थापक, पूर्वअध्यक्ष तथा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको छ । स्वर्ण महोत्सवका अवसरमा संस्थापक अध्यक्ष जर्ज जोन, संस्थापक कोषाध्यक्ष सुशीलकुमार गोशली तथा संस्थापक सदस्य प्रेमबहादुर श्रेष्ठ र मेहरमान श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थापक कोषाध्यक्ष गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली’ अवार्ड प्रदान गरिएको थियो भने क्लबमा विशेष योगदान दिएका योगेन्द्रलाल प्रधान, गणेशबहादुर श्रेष्ठ, प्राडा बुद्धिबहादुर थापा, चन्द्रकृष्ण कर्माचार्य र डम्बरबहादुर श्रेष्ठ, दीपेन्द्र कोइराला, कृष्णबहादुर जिसी, देवेन्द्र नकर्मी, शिव श्रेष्ठ र डा. माधव तिवारी लगायतलाई सम्मान गरिएको थियो। क्लबको स्थापनादेखि हालसम्मका ४४ जना अध्यक्षलाई पनि समारोहमा सम्मान गरिएको बताइएको छ ।

क्लबले प्रकाशन गरेको स्वर्ण महोत्सव स्मारिकाको बिमोचन पनि सोही अबसरमा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख अर्याल, विशेष अतिथि पोखराका मेयर धनराज आचार्य र लायन्सका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले उक्त स्मारिकाको विमोचन गरेका थिए । स्मारिकामा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि, ऐतिहासिक अभिलेख र लेख समेटिएका छन् । स्वर्ण महोत्सवको सन्दर्भमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिएको छ । तुलसी घाटमा शवदाहस्थल शिलान्यास गरिएको छ । महोत्सवको अघिल्लो दिन शुक्रबार रक्तदान कार्यक्रम गरिएको थियो ।

विसं २०३३ सालमा पोखरामा स्थापान गरिएको लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ र तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । नवराज पटेल र उनको टोलीको पहलमा स्थापना गरिएको क्लबको संस्थापक अध्य्क्षमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई प्रस्ताव गरिए पनि शैक्षिक र प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लब स्थापना गरेर अगाडी बढाइएको थियो । स्थापनाकालदेखि नै क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता र सामुदायिक विकासमा काम गर्दै आएको छ ।

कल्बको स्वर्ण महोत्सब समारोहमा बोल्दै प्रमुख अतिथि रहेका सभामुख डिपी अर्यालले निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन नसक्ने बताए। ‘जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश धनी हुन सक्दैन’, उनले भने । देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न ठूला अभियानमा लागेको उनले बताए । राजनीतिमा प्रवेश गरेपछि इमानदारीपूर्वक काम गर्नुपर्ने बुझाइ बनेको उनको भनाइ छ । ‘यो देशमा भ्रष्टाचार सधैँको लागि अन्त्य गर्नको लागि एउटा ठूलो सोच लिएर एउटा अभियानमा जुटेको छु’, उनले भने ।

लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, व्यवसायलगायत हरेक क्षेत्रका व्यक्ति आबद्ध रहेको अर्यालले बताए । विद्यार्थी, प्राध्यापक, नर्स, चिकित्सक, व्यवसायी, कृषक, मजदुर, गैरआवासीय नेपाली र जनप्रतिनिधि सबै क्षेत्रका मानिस यहाँ रहेको उनले उल्लेख गरे । कानुन बनाउँदा सरोकारवालाको चासो र बहस चाहिने उनले बताए । ‘तपाईंले प्रयोग गर्ने कानुन हामी बनाउँदै छौँ’, उनले भने ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका सदस्यसहित ३ सय ३४ जना सांसदले कानुन निर्माणमा भूमिका खेल्ने अर्यालले बताए । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्म कानुन निर्माणको विषय सार्वजनिक हुने उनले उल्लेख गरे । आफू पनि २०१६ देखि लायन्स परिवारमा जोडिएको र समाजमा केही गर्नुपर्छ भन्ने प्रेरणाबाट सेवा गर्ने मौका पाएको उनले बताए । राजनीतिमा लागेपछि समाजसेवाको अर्को पाटोमा सक्रिय हुनुपरेको उनको भनाइ छ । ‘हामीले यो देशमा सुशासन कायम गर्‍यौँ भने तपाईं र मेरा छोरीहरू, तपाईं र मेरा छोराहरू, तपाईं र मेरा आमा र बुवाहरू सधैँ सुरक्षित हुनुहुनेछ’, उनले भने ।

७ मंसिर २०८३, सोमबार ११:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा