Play

काग्रेसको तनहुँ जिल्ला अधिबेशन सम्पन्न, पार्टी कमजोर बनाउन अदृश्य शक्ति लागिरहेको नेता भण्डारीको भनाई

गुरुकुल खबर


दमौली, नेपाली कांग्रेसको नियमित महाधिबेशन अन्तर्गत तनहुँ जिल्लाको अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न भएको छ । अधिबेशनले जिल्ला अधिवेशन तयारी समितिको संयोजक रहेका प्रा.डा कृष्णप्रसाद गौतमलाई तनहुँ जिल्लाको जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ। जिल्ला अधिबेशनबाट उपसभापतिमा डम्बरबहादुर अधिकारी र हिरा गुरुङ तथा सचिवमा माधब खनाल पनि निर्विरोध निर्वाचित भएका छन ।

उपसभापतिमा निर्बाचित अधिकारी यस अगाडी जिल्ल अधिबेशन तयारी समियिको सहसंयोजक थिए उनि पत्रकारिता पृष्ठभुमीबाट सक्रिय राजनीतिमा आएका हुन। अर्का उपसभापति गुरुङ हाल जनप्रतिनिधि अर्थात वडाध्यक्ष समेत हुन। यसैगरी खनाल नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय थिए। उनि शिक्षण पेशाबाट अवकाश लिएर कांग्रेसको राजनीतिमा सक्रिय बनेका हुन। जिल्ला समितिका अन्य पदाधिकारी एबम सदस्यहरु भने निर्बाचन प्रक्रियामा बाट चयन हुने क्रमममा रहेको बताइएको छ।

यस अगाडी पार्टीको तनहुँको जिल्ला अधिबेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर एबम नेपाल सरकारका पुर्व मन्त्री भण्डारीलेगरेका थिए । त्यस अबसरमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भण्डारीले कांग्रेसलाई कमजोर बनाउन देशभित्र र बाहिर अदृश्य शक्ति लागि परेको हुँदा पार्टीका नेता तथा कार्यकर्ता सचेत हुनु पर्ने बेला आएको बताए ।

नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै खतरामा पर्ने  भएकोले कांग्रेसलाई बलियो बनाउनुपर्नेमा केन्द्रीय सदस्य भण्डारीको जोड थियो । उनले मुलुक र लोकतन्त्रका रक्षाका लागि संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दू राष्ट्र स्थापना अपरिहार्य रहेको भन्दै अब कांग्रेसले सोही एजेन्डा बोकेर अगाडी बढ्नुपर्ने स्पष्ट पारे ।

अधिबेशन तयारी समितिका संयोजक कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको उद्घाटन समारोहमा पार्टीको बिभिन्न तहका नेताहरुले आआफ्नो भनाई राखेका थिए। यसक्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु शिवकुमार हुमागाईले अब कांग्रेसलाई आंफ्नो लयमा फर्काउने प्रयासले सार्थकता आउने बिश्वास व्यक्त गरे।

अर्का केन्द्रिय सदस्य किरणराज पौडेलले अदृश्य शक्तिको प्रभावमा परेर बिशेष महाधिबेशनको नाममा पार्टीलाई विभाजित र कमजोर बनाउने प्रयास पार्टीका युवा नेता भनिनेहरुबाट भएको बताए ।

राष्ट्रिय सभा सदस्य एबम तरुण दलका पुर्व अध्यक्ष अमेत रहेका कांग्रेस केन्द्रीय सदाय जीतजंग बस्नेतले बिशेष महाधिबेशनको नामबाट पार्टी कब्जा गरेका साथीहरुले प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै पार्टीलाई पुरानो अबस्थामा फर्काउन आँफुहरुको प्रयास जारी रहेको बताए ।

उद्घाटन समारोहमा कांग्रेस केन्द्रिय सदस्य सीता देवकोटा, पार्टीका आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम प्रदेश अधिबेशन तयारी समितिका संयोजक मेखलाल श्रेष्ठ, तनहु कांग्रेसका नेता बिपिन अधिकारी लगायतले अहिले देशव्यापी रुपमा कार्यकर्ताहरु नियमित महाधिबेशनमा जुटेको भन्दै अदालतले गर्ने आधिकारिकता सम्बन्धि निर्णय आँफुहरुको पक्षमा आउने बिश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय प्रचार विभागका सदाय एबम कास्की कांग्रेसका नेता गंगाधर पराजुलीले लोकतन्त्री आन्दोलन, कांग्रेसको संगठन निर्माण र राज्नियिक चेतनाको दृष्टिकोणले तनहुँ जिल्लाको महत्वपूर्ण योगदान रहेको भन्दैअबका दिनमा कांग्रेसलाई इतिहासमा गर्व गर्ने मात्र हैन भबिष्यप्रति आशा जगाउने पार्टी बनाउनुपर्ने बताए। उनले पार्टी भित्र प्रतिष्पर्धा र बहस गरेपनि सम्बन्ध नतोड्न र पार्टीको हितलाई सवोपरी राख्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य बलबहादुर आले, तनहुँका कांग्रेसका नेता एबम महाधिवेशन प्रतिनिधि लक्ष्मी आचार्य, दलित संघकी केन्द्रीय संयोजक यमुना खड्का विक, नेकपा एमाले तनहुँका प्रतिनिधि श्रीराम कार्की र जिल्ला सहसंयोजक डम्बर अधिकारी, वडाध्यक्ष हिरा गुरुङ लगायतले बोलेका थिए ।

उद्घाटन समारोह शुरु हुनु अगाडि अनसन चोकबाट निस्किएको बाजा गाजा सहितको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीमा ठुलो संख्यामा पार्टीको गाउँगाउँ बाट आएका नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो ।

३ मंसिर २०८३, बिहीबार ०८:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा