Play

कांग्रेसमा नियमित महाधिबेशन पक्षधरको गण्डकी प्रदेश अधिबेशनको तयारी, सभापति देउवाले उद्घाटन गर्ने

गुरुकुल खबर


पोखरा, बिशेष महाधिबेशनलाई लिएर आन्तरिक बिबादमा फँसेको नेपाली कांग्रेसको दुवै समूह अर्थात बिशेष महाधिबेशन पक्ष र नियमित महाधिबेशन पक्ष दुवैले पार्टीमा बिभिन्न तहको अधिबेशनलाई निरन्तरता दिने क्रम जारी छ। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापा नेतृत्वको कांग्रेसले पार्टीको वडा, प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन सकेर सीधै केन्द्रीय महाधिवेशन सम्पन्न गरि नयाँ केन्द्रीय कार्यसमिति समेत बनाइसकेको छ।

यता विशेष महाधिवेशनलाई अवैध भन्दै आएको  १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाविधेशन प्रक्रिया संचालन गरिरहेको छ । डा., शशांक कोइरालाको नेतृत्वमा केन्द्रीय महाधिबेशन तयारी समिति गठन गरेर देउवा पक्षले वडा, प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र र जिल्ला हुँदै प्रदेश कार्यसमितिको अधिबेशनको चरणमा पुर्याएको छ । उक्त समुहको केही जिल्लामा भने अधिवेशन हुन बाँकी छ ।

डा. कोइराला नेतृत्वको उक्त समुहले सातवटा प्रदेशहरु मध्ये सबैभन्दा पहिले गण्डकी प्रदेशमा आगामी मंसिर ५ गते प्रदेश अधिबेशन गर्ने भएको छ । प्रदेश अधिबेशनको तयारी शुरु भएपछि गण्डकी प्रदेश अन्तर्गतका बिभिन्न जिल्लामा बाँकी रहेको अधिबेशन धमाधम सम्पन्न गर्ने दौडमा जिल्लाहरु लागेको बुझिएको छ ।

गण्डकीका अधिकांश वडामा अधिवेशन सकिएको छ। पालिका हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन पनि सक्ने चरणमा पुगेको छ । जिल्ला अधिवेशन भने केही जिल्लामा मात्रै भएको बताइएको छ । हालसम्म ११ मध्ये ५ जिल्लाको अधिवेशन पूरा भएको छ । कास्की जिल्लाको अधिबेशनबाट ऋषिराम काफ्ले, स्याङ्जा जिल्लाको अधिबेशनबाट इन्द्र गोदार, पर्वत जिल्लाको अधिबेशनबाट यामबहादुर मल्ल (रामकृष्ण), म्याग्दी जिल्लाको अधिबेशनबाट हिरा पुन र मनाङ जिल्लाको अधिबेशनबाट राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत सभापति पदमा चुनिएका छन् ।

गण्डकी प्रदेशको नवलपुरमा कात्तिक २८ गते, लमजुङमा मंसिर १ गते, तनहुँमा २ गते तथा बागलुङ र गोरखामा ३ गते जिल्ला अधिवेशनको मिति तोकिएको भएपनि मुस्ताङ जिल्लामा भने अधिबेशनको टुंगो लागेको छैन । मुस्तांग जिल्लाका ४ वट पालिका र प्रदेश निर्वाचन क्षेत्रको अधिबेशनको प्रक्रिया अझै अगाडी बढ्न सकेको छैन ।

नेपाली काँग्रेस १४ औं महाधिबेशनका सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ५ गते अपरान्ह पोखराको सभागृहमा प्रदेश अधिबेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र सुरु हुने र सोही समयमा उमेदवारी दर्ताको प्रक्रिया अगाडि बढाइने पार्टीको गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिए ।

सोही दिन राति १० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र नयाँ नेतृत्व चयनका लागि मङ्सिर ६ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने गरि कार्यतालिका बनाइएको छ । गण्डकी प्रदेश अधिवेशनमा कुल १ हजार ६ सयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने भएका छन ।

प्रदेश अधिबेशनमा प्रदेशभरका १८ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६ सय ३० जना महाधिबेशन प्रतिनिधिहरु, ३६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७ सय ५६ जना प्रदेश प्रतिनिधिहरुका साथै ३६ प्रदेशसभा क्षेत्रीय सभापति, १८ सङ्घीय निर्वाचन क्षेत्रका सभापति तथा प्रदेशका ८५ पालिकाका सभापतिहरूले मतदान गर्न पाउने छन ।

त्यस्तै, पार्टी सभापतिबाट मनोनीत हुने ४० जना, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने ६१ जना, केन्द्रीय सदस्यहरु ४ जना र स्थानीय तहका निर्वाचित प्रमुख र उपप्रमुख समेत प्रदेशको अधिबेशनमा प्रतिनिधिको रुपमा सहभागी बन्न पाउने ब्यबस्था गरिएको छ ।

अधिवेशनलाई सम्पन्न गर्न बिभिन्न पाँचवटा उपसमितिहरू गठन गरिएकोमा प्रचार प्रसार संयोजकमा गंगाधर पराजुली, आर्थिक व्यवस्थापन संयोजकमा विश्व प्रसाईं, भोजन तथा आवास ब्यबस्थापन संयोजकमा तरुण सुवेदी र मञ्च ब्यबस्थापन एबम सांस्कृतिक कार्यक्रम संयोजकको जिम्मेवारी कुमार रानालाई जिम्मेवारी दिइएको छ । यसैगरी युवा तथा स्वयंसेवक परिचालन संयोजकमा प्रेम पुनलाई जिम्मा दिईएको छ ।

प्रदेश अधिबेशनको ब्यबस्थापनको तयारी करिब सकिएको र जिल्ला जिल्लामा पार्टीका साथिहरुमा उत्साह बढ्दै गैरहेको बताउंदै उपसभापति श्रेष्ठले सबै उपसमितिहरूले  आंफ्नो जिम्मेवारी अनुरुपको काम शुरु गरिसकेका जानकारी दिए । गण्डकी प्रदेशको नेतृत्व लिन एबम प्रदेश कार्यसमितिको पदाधिकारी एबम सदस्यहरुमा रहनको लागि धेरैले चाहना प्रकट गरेको तर सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने आन्तरिक गृहकार्य समेत चलिरहेको बुझिएको छ।

नेपाली काँग्रेसको गण्डकी प्रदेश कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री (खुला) र ३ सहमहामन्त्री पदधिकारीको रुपमा रहने प्रत्येक जिल्लाबाट ३ जनाका दरले ३३ जना, खुलाबाट १० जना र विभिन्न समावेशी कोटाबाट १७ जना सदस्य रहने ब्यबस्था विधानमा गरिएको छ।

२६ कार्तिक २०८३, बिहीबार २१:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा