काठमाडौँ, नेपाली काँग्रेसमा नियमित १५ औं महाधिबेशनको तयारीमा रहेको समुहले हालसम्म मुलुकका ३९ वाट जिल्लामा जिल्ला अधिबेशन सम्पन्न गरिसकेको जनाएको छ। बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको नेपाली काँग्रेसले जिल्ला अधिबेशन र प्रदेश अधिबेशन सम्पन्न नगरिकन एकैपटक केन्द्रीय महाधिबेशन गरेकोमा १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवाको समुहले भने तहगत अधिबेशन गर्दै जिल्ला तहको अधिबेशनमा जुटेको छ।
देउवा समुहले १५ औं नियमित महाधिबेशनका लागि डा. शशांक कोइरालाको नेतृत्वमा केन्द्रीय महाधिबेशन तयारी समिति गठन गरेर वडातह, पालिका तह, प्रदेश निर्बाचन क्षेत्र तह र संघिय निर्बाचन क्षेत्र तहको अधिबेशन सम्पन्न गरि अहिले जिल्ला अधिबेशनको तयारीमा जुटेको हो। यसरि हेर्दा गगन थापा नेतृत्वको नेपाली काँग्रेस र डा. कोइराला नेतृत्वको महाधिबेशन तयारी समिति दुबैले समानान्तर रूपमा आंफ्ना गतिविधिहरु अगाडी बढाइरहेका छन। यधपी गगन थापा नेतृत्वको नेपाली काँग्रेसले जिल्ला र प्रदेशको अधिबेशन कहिले गर्ने भन्ने अझै टुंगो लागेको छैन ।

(पर्बत जिल्लाको अधिबेशन)
डा. कोइराला नेतृत्वको महाधिबेशन तयारी समिति अर्थात देउवा पक्षधर् कंग्रेसको समूहले हालसम्म ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे जनाएको छ। मङ्सिर ४ र ५ गते सातवटा प्रदेशको अधिबेशन तोकिएकोले त्यस भन्दा अगाडी नै जिल्ला अधिबेशन सम्पन्न गर्ने लक्ष राखिएको भयपनी कतिपया जिल्लामा भने प्रदेश अधिबेशन पछाडी पनि जिल्ल अधिबेशन गर्ने बुझिएको छ।
प्रदेश अधिबेशन र केन्द्रीय महाधिबेशनको लागि प्रतिनिधिहरु चयन गर्ने काम पुरा भैसकेकोले अब जिल्ला अधिबेशन अनुकुल समयमा गर्ने तयारीमा केहि जिल्ला देखिएको एक नेताले गुरुकुल खबरलाई जानकारी दिए । मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको देउवा समूहले कार्तिक मसान्तसम्ममा जिल्ला अधिबेशन सम्पन्न गर्ने समय तोकेको छ । त्यसपछि सातवटा प्रदेशमा महाधिबेशन सम्पन्न गर्ने र अन्तिम चरणमा केन्द्रीय महाधिबेशन काठमाडौँमा गर्ने तयारी भैरहेको छ ।

(कास्की जिल्लाको अधिबेशन)
यस समुहको गण्डकी प्रदेश अधिबेशन मङ्सिर ५ र ६ गते पोखरामा गर्ने तयारी अगाडी बढेको छ त्यसका लागि पोखरा सभागृहको हल बुकिंग गर्ने लगायतका काम अगाडी बढेको छन। पुर्वप्रधानमन्त्री एबम १४ औं महाधिबेशनबाट निर्बाचित सभापति देउवाको प्रमुख आतिथ्यतामा हुने गण्डकी प्रदेश अधिबेशन पुर्व गण्डकी प्रदेशको बाग्लुंग, नवलपुर, तनहुँ र लम्जुंग लगायतका जिल्लाको अधिबेशन तोकिईसकेको बुझिएको छ।

आगामी मङ्सिर २ गते बाग्लुंगको जिल्लाको अधिबेशन हुने र त्यसको उद्घाटन पनि पुर्व प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम रहेको छ। यस अगाडी कार्तिक २८ गते नवलपुर जिल्लाको अधिबेशन र त्यस लगत्तै तनहुँ जिल्लाको अधिबेशन हुने भएको छ ।
हालसम्म जिल्ला अधिबेशन भएका गण्डकी प्रदेशका चार जिल्लामध्ये कास्कीमा ऋषिराम काफ्ले, पर्वतमा यमबहादुर मल्ल (रामकृष्ण), स्याङ्गजामा इन्द्रबहादुर गोदार र म्याग्दीमा हिराबहादुर पुन सभापतिमा निर्बाचित भैसकेका छन। अधिबेशन भएका अन्य प्रदेशका जिल्लाहरु मध्ये ताप्लेजुङमा अमर बहादुर सेन्दाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, खोटाङमा रोजेन राईसभापतिमा निर्बाचित भएका छन।

(स्याङ्गजा जिल्लाको अधिबेशन)
यसैगरी धनुषामा कोमलकान्त झा, बारामा राजेशराय यादव, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, चितवनमा मिलनबाबु श्रेष्ठ, कपिलवस्तुमा राजेश सिंह, अर्घाखाँचीमा बाबुराम पौडेल, रोल्पामा मानबहादुर खत्री, प्युठानमा देवेन्द्र बर्मा, दाङमा गोपालराज शर्मा, रुकुम (पश्चिम)मा नन्दबहादुर विष्ट, सल्यानमा दीपक चन्द, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा नगेन्द्र विष्ट सभापतिमा निर्बाचित भैसकेको छन।
यसैगरी दैलेखमा दिनेशकुमार हमाल, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, बझाङमा हर्कजंग बहादुर सिंह, उदयपुरमा बसन्तकुमार बस्नेत, रसुवामा उपेन्द्र लम्साल, बाँकेमा प्रमोद श्रेष्ठ, जाजरकोटमा रामजंग शाह, डडेलधुरामा डिल्लीराम जोशी, बाजुरामा धनराज पण्डित, काभ्रेपलाञ्चोकमा रमेशप्रसाद हुमागाईं, गुल्मीमा वेदबहादुर थापामगर, बर्दियामा जग्गाप्रसाद पाण्डे र ओखलढुंगामा डेकराज भट्टराई सभापतिमा निर्बाचित भएका छन।













