दमौली, नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न तनहुँ क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनले काजीमान श्रेष्ठ सभापति रहेको नयाँ कार्य समिति चयन गरेको छ । त्यस क्षेत्रका २ वटा प्रदेशमध्ये प्रदेश क मा तारानरेश पौडेल र प्रदेश ख मा रामदेव पन्थ सर्वसम्मत रुपमा सभापति निर्बाचित भएका छन ।
यसैगरी तनहुँको व्यास नगर समितिको सभापतिमा कृष्णप्रसाद सोती ,भानु नगरसमितिको सभापतिमा गोविन्द जि.सी., आँबुखैरेनी गाउँ कार्य समितिको सभापतिमा भिष्मकान्त गौली, बन्दीपुर गाउँ कार्यसमितिको सभापतिमा रामकृष्ण विक र देवघाट गाउँ कार्यसमितिको सभापतिमा प्रमोद मल्ल पनि निर्बिरोध निर्बाचित भएका छन् ।
तनहुँ क्षेत्र न. १ को क्षेत्रिय अधिबेशनबाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ शंकर भण्डारी, लक्ष्मी आचार्य, डम्बरबहादुर अधिकारी, विपेन्द्र अधिकारी, माधव खनाल, टेकबहादुर गुरुङ, रघुबहादुर केसी, प्रवीण कैनी, राजु खड्का र महेशराज भट्टराई चयन भएका छन् । महिला महाधिबेशन प्रतिनिधि तर्फ यमुना खड्का, इन्दुदेवी मल्ल र मायादेवी सोती चयन भएका छन् ।
अपाङगतर्फ सुरज बोहोरा, प्रजातन्त्र सेनानीतर्फ छत्रराज भण्डारी र चुननारायण श्रेष्ठ, विज्ञतर्फ कमलभक्त पोखरेल र श्रमिकतर्फबाट अमित थापा चयन भएका छन । त्यस्तै दलिततर्फ रनबहादुर कामी, आदिवासी जनजाति महिलातर्फ चिजा श्रेष्ठ र लालमती गुरुङ, आदिवासी जनजाति पुरुषतर्फ सुकुमलाल गुरुङ, केशरबहादुर गुरुङ, इन्द्रबहादुर दरै र अन्यमा एनजे अली चयन भएका छन् ।
यसअघि क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली कांग्रेस सहित मुलुकको राजनीति यतिबेला विषम परिस्थितीमा रहेको हुँदा पार्टीका नेता तथा कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताए । भण्डारीले पार्टीको बैधानिकताको विषय अदालतमा विचाराधीन अबस्थामा रहेको र आफूहरुको पक्षमा फैसला आउनेमा विश्वस्त रहेको स्पष्ट पारे । पुर्व मन्त्री भण्डारीले नियमित महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएर लैजानेमा जोड दिए।
क्षेत्रीय संयोजक काजीमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली , नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, जिल्ला संयोजक प्रा.डा कृष्णप्रसाद गौतम, नेताहरु बलबहादुर आले, लक्ष्मी आचार्य, महेश्वर भट्टराई, नेत्री यमुना खड्का बिक, जिल्ला सहसंयोजक डम्बर अधिकारी, विपि विचार मञ्चका केन्द्रीय सदस्य हरिशरण पण्डित, सुकुमलाल गुरुङ, शान्ता घर्ति र एनजेअली लगायतले आआफ्नो भनाई राखेका थिए ।
त्यस अवसरमा क्षेत्र, प्रदेश र गाउँ तथा नगर कार्य समितिका सभापति तथा पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।त्यस्तै महाधिवेश प्रतिनिधिहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।













