Play

प्रचण्ड र नेपाललाई सरकार छाड्न कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौती

गुरुकुल खबर


दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस्का अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको भन्दै दुई नेताको आलोचना गरे । सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिंड्ने ? उनले प्रश्न गरे ।

उनले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए । एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ उनले प्रश्न गरे ।

आँबु २ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरुनसहित ३० कार्यकर्तालाई उनले प्रवेश गराएको पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

पार्टी वडा सभापति मिलन गुरुङको सभापतिमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, वाउँपलिका उपाध्इक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशबनाथ खनाल, आबु को पार्टी सभापति बिष्णु पन्थ २ को अध्यक्ष कटक थापा र स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङको सहभागीता थियो ।

यसअघि उनले बन्दीपुरमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका थिए ।

८ चैत्र २०७८, मंगलवार २०:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा