पोखरा, चापाकोट-पोखरा बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा एबम चौथो अधिबेशन आइतबार पोखरामा सम्पन्न भएको छ। अधिबेशनले संस्थाको नयाँ संचालक समिति निर्बिरोध निर्बाचित गर्नुको साथै संस्थाको आर्थिक एबम बार्षिक प्रतिबेदन पनि पारित गरेको छ ।
अधिबेशनबाट संस्थाको अध्यक्षमा अन्जु पराजुली निर्बिरोध निर्बाचित भएकी छन। स्थापनाकालदेखि उक्त संस्थाको बिभिन्न जिम्मेवारीमा रहेकी अन्जु संस्थाको पहिलो महिला अध्यक्ष समेत बनेकी छन । अध्यक्ष पदमा उमेदवारी दिएका भरतलाल अधिकारीले अन्तिम समयमा आंफ्नो उमेदवारी फिर्ता लिएपछि अन्जु पराजुली निर्बिरोध अध्यक्ष चुनिएकी हुन।
संस्थाको संचालक समितिको उपाध्यक्षमा पुष्पराज पराजुली चयन भएका छन । उनि यस अगाडी संस्थाको सचिवको जिमेवारीमा थिए। यसैगरी संस्थाको सचिबमा यामनाथ अधिकारी र कोषाध्यक्षमा रघुनाथ लामिछाने चयन भएका छन ।
संचालक समितिको सदस्यहरुमा रुद्रप्रसाद पराजुली, पार्वती अधिकारी, शकुन्तला बाँस्तोला भण्डारी र सनत बहादुर पहारी पनि निर्बिरोध चयन भएका छन भने संस्थाको लेखा सुपरिबेक्षण समितिको संयोजकमा लक्ष्मण देवकोटालाई चयन गरिएको छ।

अधिबेशन अन्तर्गतको निर्बाचन कार्यक्रम सम्पन्न गर्नको लागि पोखराका अग्रज शिक्षासेवी विशेश्वर पराजुली संयोजक रहेको तिन सदस्यीय निर्बाचन समिति गठन गरिएको थियो। निर्बाचन समितिको सदस्यमा अग्रज पत्रकार गंगाधर पराजुली र प्राध्यापक तेजप्रसाद सुबेदी सदस्य रहेका थिए।
नयाँ संचालक समितिको चयनपछि निर्बाचन समितिका संयोजक विशेश्वर पराजुलीले समितिमा निर्बाचित पदाधिकारी र सदस्यहरुलाई शपथ गराएका थिए ।
यसैगरी निर्बाचन समितिका सदस्य गंगाधर पराजुलीले नवनिर्बाचित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्दै संस्थालाई थप उचाईमा पुर्याउन नयाँ समितिले अझ बढी जिम्मेवार र सक्रिय बन्न आग्रह गरे।

उक्तस अधिबेशन एबम साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य एबम सामाजिक व्यक्तित्व जुमकाजी गुरुङले गरेका थिए । त्यस अबसरमा बोलाई उनले संस्थालाई अझ राम्रो बनाउन नयाँ संचालक समितिले सफलता पाउने गरि काम गर्न आग्रह गरे ।
साधारण सभामा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष भेषराज पराजुलीले ३४५ जना शेयर सदस्य रहेको चापाकोट पोखरा बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी करिब ३ करोड ७० लाख रहेको र करिब ४ करोड २५ लाख निक्षेप संकलन गरेर ६ करोड ५७ लाख बढी कर्जा प्रवाह गरेको जानकारी गराए ।

यसैगरि कोषाध्यक्ष भरतलाल अधिकारीले आर्थिक प्रतिबेदन, लेखा समितिका संयोजक तेजनारायण पराजुलीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको उद्घाटन समारोहमा संस्थाका सल्लाहकारहरु शिवलाल पराजुली र पदमपाणी देबकोटा, संस्थाका सचिब पुष्पराज पराजुली, संस्थाकी सदस्य तारादेबी पहारी र पार्वती अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए।
सोही समारोहमा नियमित बचतकर्ताको रुपमा र असल करोबर्कर्ताको रुपमा देबबहादुर बिक र सरस्वती पौडेललाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो । उक्त संस्थाको स्थापना २०७० सालमा गरिएको थियो ।














