Play

कांग्रेस महाधिबेशन: सभापतिमा ३, उपसभापति- खुल्लामा ९ र समाबेशीमा ५, महामन्त्री- खुल्लामा ८ र महिलामा ३ को उमेदवारी

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन अन्तर्गत सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता गरिएको छ। सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँचजना, खुला महामन्त्रीमा आठजना र महिला महामन्त्रीमा तीनजनाको उम्मेदवारी परेको छ। अन्य पदको विवरण भने आउन बाँकी छ ।

सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव सहित ९ जनाले उमेदवारी दिएका दिएका छन्। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्ण गरि ५ जनाको उम्मेदवारी परेको छ।

खुला महामन्त्रीमा ८ जनाको उमेदवारी परेकोमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनील शर्मा र डा. सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्। यसैगरी महिला महामन्त्रीमा तीनजना डा. डिला संग्रौला, डिना उपाध्याय र रीता खनालले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटवालले अन्य पदको उम्मेदवारी विवरण संकलन भइरहेको जानकारी दिए ।

२० आश्विन २०८३, मंगलवार २१:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा