Play

कास्की कांग्रेसको क्षेत्रिय सभापतिमा ६१ मतको अन्तरले केसी बिजयी, पछिल्लो तालमेलले गुरुङलाई धक्का

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को अधिबेशनबाट पार्टीको क्षेत्रीय समितिको सभापतिमा सरोज केसी निर्वाचित भएका छन्। शुक्रबार बिहान (राति) सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार केसीले आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतको अन्तरले पछाडी पारेको छन। कुल खसेको ९७० मतमध्ये विजयी केसीले ४७२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी गुरुङले ४११ मत ल्याए। सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले भने ७० मत मात्र ल्याइन्।

कास्की कांग्रेसका नेता कृष्ण केसीका छोरा सरोज लामो नेविसंघको राजनीति हुँदै कांग्रेसको राजनीतिमा सक्रिय छन्। उनी यसअघि पार्टीको क्षेत्रिय समितिको सभापति थिए। उनिसहित ओमप्रकाश गुरुङ, नरेन्द्र थापा र अप्सरा श्रेष्ठले सभापति पदमा चुनाब लड्ने घोषणा गरेकोमा केसीलाई चुनौती द्खिएपछि अन्तिम अबस्थामा कृष्ण केसी समेतको पहलमा नरेन्द्रलाई क्षेत्रिय समितिको उपसभापति बनाएर सरोजको पक्षमा तालमेल गरिएको थियो। जसका कारण उनलाई चुनाब जित्ने सहज बाटो खुलेको चर्चा गरिएको छ।

यसैगरी सहसचिव पदमा २७७ मत ल्याएर प्रताप बानियाँ निर्वाचित भए। उनीसंगै प्रतिष्पर्धामा रहेका तेजबहादुर रानाभाटले २४८, सुदिपराज ढुंगानाले २१९ र अधिराज बिक्रम कार्कीले १६६ मत पाएका छन।

कास्की क्षेत्र नम्बर १ अन्तर्गतका अन्य समितिमा पनि नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नम्बर १ (ख) को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भए। सोही क्षेत्रको उपसभापतिमा लोकबहादुर गुरुङ १ मतान्तरले विजयी भए भने सचिवमा २९६ मत ल्याएर किरण अधिकारी चुनिए। यसअघि कास्की क्षेत्र नम्बर १ (क) को सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसकेका छन्।

१६ आश्विन २०८३, शुक्रबार ०८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा