Play

कांग्रेसको देउवा समूहद्वारा पोखराका बिभिन्न वडासहित देशभरका तीनहजार बढी वडामा अधिबेशन

गुरुकुल खबर


काठमाडौं,   नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला संयोजक रहेको नेपाली काँग्रेस १५ औं महाधिबेशन तयारी समितिको आव्हानमा  आज बिहिबार देशभरका तीन हजार बढी वडामा अधिवेशन सम्पन्न भएको जनाइएको छ । बिहीबारबाट सुरु भएको वडा अधिबेशन असोज १९ गतेसम्म चल्ने कार्यतालिका सार्बजनिक गरिएको भएपनि  चल्नेछ पहिलो दिनमा नै देशभरका तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको पार्टीले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा सम्बद्ध समूहले सातवटै प्रदेशमा वडा अधिवेशन भएको बताएको छ । कोसी प्रदेशका १ हजार १५७ वडा मध्ये ५७७ वडामा अधिवेशन सकिएको छ। मधेस प्रदेशका आठ जिल्लामा वडा अधिवेशन भएको छ । मधेस प्रदेशका १ हजार २७१ वडामध्ये ४०२ वडामा अधिवेशन सकिएको उक्त पार्टीको बिज्ञप्तीमा जनाइएको छ ।

वाग्मती प्रदेशका १३ जिल्लामा वडा अधिवेशन भएका छन् । बाढीबाट प्रभावित रसुवामा भने वडा अधिवेशन नभए पनि वाग्मती प्रदेशका १ हजार १२१ वडामध्ये ५६३ वडामा अधिवेशन सकिएको छ । कोइराला र देउवा समुह सम्बद्ध कांग्रेसको लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ९८६ वडा मध्ये ५५० वडामा अधिवेशन सकिएको बताइएको छ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा वडा अधिवेशन भएको र कर्णाली प्रदेशका ९८६ वडामध्ये ५५० वटा वडामा अधिवेशन सकिएको कांग्रेस इतर पक्षले बताएको छ । उता, देउवाको गृह प्रदेश सुदूरपश्चिममा ७३४ वडा रहेकोमा ४५६ वडामा अधिवेशन सकिएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका वडाहरूमा अधिवेशन भएको हो ।

नेपाली कांग्रेसको देउवा समूहले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा १५ औँ केन्द्रीय महाधिवेशन गर्दैछ । सोही महाधिवेशन अन्तर्गत बिहीबारदेखि वडा अधिवेशन सुरु गरिएको हो । बाँकी रहेका वडाहरूमा शुक्रवार र शनिवार वडा अधिवेशन हुने बताईएको छ । तीन हजार ५५२ वडामा कांग्रेस अधिवेशन गर्न बाँकी रहेको छ । गण्डकी प्रदेशका १० जिल्लामा वडा अधिवेशन भएकोमा बागलुङ जिल्लामा भने कांग्रेस नेता मणीभद्र कँडेलकी श्रीमतीको निधन भएका कारण स्थगित गरिएको पार्टीले जनाएको छ । गण्डकी प्रदेशका ७५९ वडामध्ये ३८६ जिल्लामा वडा अधिवेशन सकिएको जनाइएको छ ।

पोखराका बिभिन्न वडामा अधिबेशन 

गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिकाका केहि वडामा बिहिबार नै अधिबेशन सम्पन्न भएको पार्टीका जिल्ला सचिब सुरेन्द्र नाथ शर्माले गुरुकुल खबरलाई जानकारी दिए । बिहिबार पोखराको वडा न. ५ मा भएको अधिबेशनले भगवान अधिकारी सभापति रहेको वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु चयन गरेको छ।  १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

यसैगरी पोखरा – २४ मा भएको वडा अधिबेशनले कमल बस्ताकोटी सभापति रहेको वडा कार्यसमिति चयन गरिएको छ। पार्टीको कास्की -३ का क्षेत्रिय संयोजक पदम बस्ताकोटीको प्रमुख आतिथ्यतामा उक्त अधिबेशन सम्पन्न भएको जनाइएको छ । यसैगरी, पोखरा -३१ को वडा अधिबेशन पार्टीका जिल्ला सचिब सुरेन्द्रनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको रउक्त अधिबेशनले शालिकराम पाण्डेलाई सभापतिमा चयन गरेको छ। पोखराको वडा न. २७ मा केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले विश्वराज पौडेललाई सभापतिमा चयन गरेको छ।

यसैगरी पोखरा -१५ को वडा अधिबेशन कांग्रेस नेता एबम पुर्व मन्त्री महादेव गुरुङको प्रमुख आतिथ्यतामा भएको वडा अधिबेशनले केमबहादुर गुरुङलाई सभापतिमा चयन गरेको छ।  मादी गाउँ पालिकाको वडा न. १२ मा पनि अधिबेशन सम्पन्न भएकोर अधिबेशनले राम ढकाललाई सभापतिमा चयन गरेको बुझिएको छ ।

१५ आश्विन २०८३, बिहीबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा