पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत निर्बाचन क्षेत्र र प्रदेशसभा निर्बाचन क्षेत्रको अधिबेशन जारी छ। केहि ठाउँमा क्षेत्रिय र प्रदेश समिति एबम प्रदेश र केन्द्रिय महाधिबेशन प्रतिनिधिहरु निर्बिरोध भएपनि अधिकांश ठाउँमा भने मतदान प्रक्रियाबाट नेतृत्व चयन हुँदैछ।
कास्की जिल्लाका तिनवटै निर्बाचन क्षेत्र र प्रदेश निर्बाचन क्षेत्रमा नेतृत्वको लागि आज मंगलवार मतदान हुँदैछ दुवै समितिको केहि पदमा र प्रदेश एबम केन्द्रीय महाधिबेशन प्रतिनिधिको केहि क्लस्टरमा निर्बिरोध भएपनि अधिकांश पदमा मतदान हुने भएको हो ।
कास्कीको क्षेत्र नम्बर १ मा सभापति पदमा सचिव सरोज केसी ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ चुनावी मैदानमा छन । केसीलाई नेताहरु कृष्ण केसी, राजेन्द्रमणि लगायतको समर्थन रहेको छ भने गुरुङलाई किशोरदत्त बराल, दिपक गुरुङ लगायतले उमेदवार बनाएको चर्चा छ। केसी र गुरुङ दुवै क्षेत्रिय सचिवको भूमिकामा थिए ।
पोखरा २६ को वडाध्यक्ष रहेका नरेन्द्र थापाले क्षेत्रीय सभापतिमा दावेदारी पेस गरेपनि अन्तिम समयमा उनि पछि हटेर प्रदेश क को सभापति बनेपछि केसी, गुरुङ र श्रेष्ठबिच क्षेत्रिय सभापति पदमा प्रतिस्पर्धा हुने भएको हो । तर प्रदेश ख मा भने यमबहादुर गुरुङ र अर्जुन गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ।
कास्की क्षेत्र नम्बर २ को सभापतिमा ४ जना बीच प्रतिष्पर्धा हुँदैछ। सभापति पदमा देवकृष्ण पराजुली, देवराज आचार्य, नवीन बराल र सुवास सिग्देल चुनाबी दौडमा छन । यस क्षेत्रमा नबिन बराललाई शुक्रराज र देबराज चालिसेको उमेदवारको रुपमा र सुभाष सिग्देललाई बिन्दु थापाको उमेदवारको रुपमा चर्चा गरिएको छ ।
कास्की क्षेत्र न. २ को प्रदेश सभामा पनि निर्वाचन हुने भएको छ। कास्की- २ को प्रदेश (क) मा भोजराज आचार्य र अर्जुन पोख्रेलको बिचमा प्रतिष्पर्धा हुँदै छ आचार्यलाई नेता चालिसेको समूह र पोखरेललाई थापाको समुहको उमेदवारको रुपमा चर्चा गरिएको छ।
यस क्षेत्र न. २ को प्रदेश (ख) मा सुबर्ण केसी, अमृत शर्मा तिमिल्सिना र दिपेन्द्र मर्सानी बिचको प्रतिष्पर्धामा केसीले केहि साता अगाडीदेखि नै गुटबिहिन कांग्रेस बनाउने भन्दै आंफ्नो चुनाबी अभियान अगाडी बढाएका हुन । उमेदवार मध्ये तिमिल्सिनालाई चालिसे समूह र मर्सानीलाई थापाको समुहको समर्थन रहेको अधिकांशको बुझाई छ।
यसैगरी कास्कीको क्षेत्र नम्बर ३ को सभापतिमा प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीको बिचमा चुनाब हुँदैछ । बराललाई युवराज कुँवरको समुहले र क्षेत्रीलाई मनोज गुरुङको समुहले उमेदवार बनाएको हो
क्षेत्र न. ३ को प्रदेश सभा (क) तर्फ गुरुंगको समूहबाट मेखबहादुर तामाङले सभापति पदमा उमेदवारी दिएका छन भने कुँवरको समूहबाट शिव तिमिल्सिनाको उमेदवारी परेको हो यसैगरी कास्की -३ को प्रदेश (ख) मा कुँवर समुहका विजय गुरुङ र गुरुङ समुहका लक्ष्मी प्रसाद पौडेल चुनाबी प्रतिस्पर्धामा छन् ।
यस अगाडी कास्कीका पालिकहरुमा भएको अधिवेशनमा पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छेले गणेशबहादुर थापा र सन्तोष पौडेललाई पराजित गर्दै सभापति निर्बाचित भएका छन भने मादी गाउँपालिकामा कृष्णचन्द्र बराल, अन्नपूर्ण गाउँपालिकमा कृष्णप्रसाद सुवेदी, माछापुच्छ्रे गाउँपालिकामा शुसिल भट्टचन र रुपा गाउँपालिकामा विमलबाबु न्यौपाने निर्बिरोध सभापति बनेका छन् ।













