Play

पत्रकारिताको पृष्ठभुमीसंगै पोखरामा कांग्रेसको राजनीतिमा लागेकाहरु को को छन यसपटक उमेदवार ?

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत कास्की जिल्लामा पत्रकारिता पृष्ठभूमी भएकाहरु मध्ये केहि केन्द्रीय महाधिबेशन प्रतिनिधि र अन्य केहि कांग्रेसको बिभिन्न जिम्मेवारी लिने बन्ने दौडमा लागेका छन।

पत्रकारिता पृष्ठभुमी भएकाहरुमध्ये कास्की क्षेत्र न. ३ बाट राजबहादुर गुरुङले आदिबासी जनजाती तर्फको महाधिबेशन प्रतिनिधिको उमेदवार बनेका छन। यसैगरी कास्की -२ बाट गीता लामिछाने बिष्टले खुल्ला महिला तर्फबाट महाधिबेशन प्रतिनिधिमा उमेदवारी दिएकी छन।

कास्की -३ बाट सरिता तिमिल्सिनाले खस आर्य महिला तर्फबाट उमेदवारी दिएकी छन भने कास्की -१ बाट खुल्ला महाधिबेशन प्रतिनिधि तर्फ नबिन सिग्देलको उमेदवारी परेको छ। यसैगरी कास्की क्षेत्र न. १ को प्रदेश प्रतिनिधि खुल्ला तर्फ शिरोमणी बरालले उमेदवारी दिएको बुझिएको छ।

उमेदवार बनेकाहरु मध्ये गुरुङ महासंघको कास्की जिल्लाको पुर्व उपाध्यक्ष हुन।  यसैगरी तिमिल्सिना नेपाल पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य हुन् भने लामिछाने प्रेस युनियनको उपाध्यक्ष एबम प्रदेश सदस्य रहेर काम गरिसकेकी छन। यसैगरी क्षेत्र  प्रदेश प्रतिनिधिमा उमेदवारी दिएका शिरोमणी बराल प्रेस युनियन कास्कीको पुर्व अध्यक्ष हुन।

यसैगरी नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीलाई कतिपयले महाधिबेशन प्रतिनिधिको उमेदवारको रुपमा चर्चा गरेको भएपनि उनको उमेदवारी परेन ।

उनले बिशेष महाधिबेशन पछि पार्टी कमजोर बन्दै गएको र बिशेष महाधिबेशन पक्षधरले समेत वडातहसम्म गुट फैल्याउने काम गरेको भन्दै आँफु पार्टी एकता र नियमित १५ औं महाधिबेशनको पक्षमा रहेको बताउंदै आएका थिए।

पराजुलीले कांग्रेसको १२ औं महाधिबेशनमा कास्की कांग्रेसको सचिब र १४ औं महाधिबेशनमा कांग्रेस पोखरा महानगरसमितिको सभापति पदमा प्रतिष्पर्धा गरेकोमा झिनो मतान्तरले पराजित भएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष रबिन्द्रनाथ बाँस्तोलाले पेशागत तर्फबाट महाधिबेशन प्रतिनिधिको उमेदवार बन्ने बह्नी प्रचार गरेको भएपनि अन्तिम अबस्थामा उनले पनि उमेदवारी दिएनन।

कास्की क्षेत्र न. ३ बाट पत्रकार महासंघ कास्कीका पुर्व सदस्य भानु पराजुलीले पनि पेशागत तर्फबाट महाधिबेशन प्रतिनिधि बन्ने घोषणा गरेका थिए । तर पछि उनले चुनाबमा भाग लिएनन ।

१३ आश्विन २०८३, मंगलवार ००:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा