Play

पोखरामा दोहोरी व्यवसायीका दुई संस्था: कास्की लोकदोहोरी ब्यबसायी समिति नामको नयाँ संस्था दर्ता

गुरुकुल खबर


पोखरा, पोखराको बिभिन्न स्थानमा करिब ३० वटा दोहोरी साँझ रेस्टुरेन्टहरु संचालनमा रहेपनि ति रेस्टुरेन्टका संचालकहरु सम्बद्ध रहेर दुईवटा संस्था अस्तित्वमा आएका छन। यसअघि नै पोखराका दोहोरी रेस्टुरेन्ट ब्यबसायीहरुले पोखरा लोकदोहारी रेष्टुरेन्ट व्यवसायी संघ नामको संस्था स्थापना गरिसकेको र उक्त संस्थाको नेतृत्व निरमाया दोहोरी साँझका संचालक जिबन गुरुङले गरिरहेको अबस्थामा कास्की लोकदोहोरी ब्यबसायी समिति नाममा अर्को संस्था पनि स्थापना गरिएको छ।

गत साउन महिनामा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको कास्की लोकदोहोरी ब्यबसायी समितिमा १८ वत रेस्टुरेन्टका संचालकहरु सदस्य रहेको बताइएको छ। उक्त संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले मीनबहादुर गुरुङको अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। अध्यक्ष गुरुङ  पोखराको आँधीखोला दोहोरी साँझका सञ्चालक हुन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा ए वान गाउँशहर दोहोरी साँझका सञ्चालक नौजङ्ग गुरुङ, सचिवमा हाम्रो फेवा रोधि क्लबका सञ्चालक कृष्ण सुवेदी र कोषाध्यक्षमा ऋदम दोहोरी साँझका सञ्चालक करिश्मा बराल निर्विरोध निर्वाचित भए । कार्यसमितिको सदस्यहरुमा बिसौनी दोहोरीका चन्द्र दर्नाल, कान्छी दोहोरीका शुभद्रा श्रेष्ठ र ससुराली दोहोरीका टंक पौडेल निर्वाचित भए । उक्त संस्थाको तदर्थ समितिको अध्यक्षमा होमबहादुर गुरुङ रहेका थिए ।

लोकेदोहोरी व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आबद्ध व्यवसायीहरुलाई संगठित गर्दै व्यावसायिक हकहित, पेसागत मर्यादा, लोकसंगीत क्षेत्रको विकास र प्रबर्द्दनमा योगदान दिने उद्देश्यले आफूहरुले नयाँ संस्था खोलेको निवर्तमान अध्यक्ष गुरुङले प्रस्ट पारे । उक्त समितिमा आबद्ध १८ दोहोरी साँझका करिब १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनीहरुको दाबी छ ।

१० आश्विन २०८३, शनिबार ०८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा