Play

पोखराको प्याराग्लाइडिङ क्षेत्रमा करिब एक अर्ब रुपैयाँ लगानी: हवाई खेलकुद संस्थामा नयाँ समिति

गुरुकुल खबर


पोखरा, पोखरामा प्याराग्लाइडिङ ब्यबसाय शुरु भएको करिब तिन दशक बितेको छ साहसिक पर्यटन अन्तर्गत हवाई खेलकुदको रुपमा रहेको प्याराग्लाइडिङको शुरुवात सन् १९९६ मा प्रशिक्षणात्मक उडानबाट भएको थियो त्यसपछि पोखरामा प्याराग्लाइडिङ उडानले सन २००० देखि व्यावसायिक रुप लिएको हो। पोखरामा प्याराग्लाइडिङ गर्दा ताल हिमाल सहित प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र देख्न पाइने भएकोले पोखराको प्याराग्लाइडिङ उडानलाई पनि उत्कृष्ट स्थानहरु मध्येमा लिने गरिन्छ।

तत्कालिन समयमा सातवटा कम्पनी अनि बिदेशी पाईलटबाट सुरु भएको पोखराको प्याराग्लाइडिङ व्यवसायमा अहिले ५७ कम्पनी र ४१३ प्यारापाइलटहरु आबद्ध छन्। अहिले नेपाली पाइलटहरुको संख्या नै उल्लेखनीय रहेको छ। पोखराको प्याराग्लाइडिङ क्षेत्रमा करिब एक अर्ब रुपैयाँ लगानी भएकोले यस क्षेत्रमा गरिएको लगानीलाई जोगाउन र उपयुक्त प्रतिफल दिने बनाउन आबश्यक छ।

यसैबीच, प्याराग्लाइडिङ व्यवसायमा संलग्न ब्यबसायीहरुको संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को २३ औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशन सम्पन्न भएको छ। अधिबेशनबाट माधव तिवारी अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यसमितिको उपाध्यक्षमा विजय गौतम, महासचिवमा रोशन गौतम, सचिवमा शर्मिला शर्मा र कोषाध्यक्षमा रमचन्द्र सुवेदी (राजु) रहेका छन भने सदस्यहरुमा लक्ष्मण कुँवर, अमित थापा, युवराज गौतम र प्रकाश भुजेल निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले   पोखराको पहिचान र पर्यटनको महत्वपूर्ण आधार बनिसकेको बताउँदै यसको सुरक्षा र निरन्तरतामा विशेष ध्यान दिनुपर्ने बताए। उनले पोखरालाई चिनाउने प्रमुख गतिविधिमध्ये प्याराग्लाइडिङ पनि एक भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय हवाई उडान विस्तारसँगै प्याराग्लाइडिङलाई समेत निरन्तरता दिने गरी व्यवस्थापन गर्नुपर्ने धारणा राखे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङको उडान क्षेत्रमा देखिएको चुनौतीलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय उडान र प्याराग्लाइडिङ दुवै सञ्चालन हुने वातावरणको अपरिहार्यतामा उनको जोड थियो। पोखरा-दुबई उडानलाई रातिको समयमा सञ्चालन गर्ने व्यवस्था पनि प्याराग्लाइडिङलाई असर नपर्ने गरी गरिएको उनको दाबी थियो। ‘अन्तर्राष्ट्रिय उडान पनि चलोस्, पोखराको परिचय बोकेको प्याराग्लाइडिङ पनि चलोस्,’ प्रमुख आचार्यले भने सबै कुरालाई मिलाएर लान सके मात्र पर्यटन विकास हुन्छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले प्याराग्लाइडिङ पोखराको पर्यटनको पर्याय जस्तो भएकाले साहसिक पर्यटनसँग जोडेर ‘स्पोर्ट्स टुरिजम’को हबका रुपमा विकास गर्नुपर्ने बताए। प्याराग्लाइडिङलाई बिभिन्न बहानामा सीमित गर्नुभन्दा सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउन जल, जमिन र आकाश तीनै क्षेत्रमा पर्यटन गतिविधि विस्तार गर्नुपर्ने बताए। साथै प्याराग्लाइडिङको सुरक्षा पक्षलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनले भनाइ थियो। पोखरा उद्योग वाणिज्य संघकी शोभा गौतमले हवाई खेलकुदले पोखराको पर्यटनसँगै स्थानीय व्यवसाय र रोजगारीमा समेत योगदान पुर्‍याउँदै आएको बताउँदै निजी क्षेत्र, सरकार र सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका फ्लाइट सेफ्टी विभाग प्रमुख प्रभाकरचन्द्र मल्लिकले प्याराग्लाइडिङको सुरक्षित सञ्चालनका लागि प्रभावकारी नियमन र सुरक्षा मापदण्डको पूर्ण पालना आवश्यक रहेको बताए। पोखराको पर्यटनको महत्वपूर्ण आधारका रुपमा रहेको प्याराग्लाइडिङलाई निरन्तरता दिन व्यवसायी तथा प्यारापाइलट स्वयं सचेत हुँदै सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उद्घाटन समारोहको सभापतित्व गरेका संस्थाका अध्यक्ष अनिल केसीले पोखराको प्याराग्लाइडिङ व्यवसायको अवस्था, चुनौती र सम्भावनाबारे जानकारी गराएका थिए। संस्थाका उपाध्यक्ष खेमराज आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सचिव बलराम आचार्यले सञ्चालन गरेका थिए। उक्त अवसरमा पोखराको पर्यटन तथा हवाई खेलकुद क्षेत्रको प्रबर्द्दनमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार कृष्णमणि बराल र विमल तिवारीलाई सम्मान गरिएको थियो।

१० आश्विन २०८३, शनिबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा