Play

कांग्रेसको पोखरा महानगर सभापतिमा बिजुक्छे, त्रिपाठी र तामांग उपसभापति तथा पराजुली सहसचिब

कांग्रेस पोखरा महानगरसमितिको सचिबमा पौडेल निर्बिरोध निर्बाचित


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १५ औं महाधिबेशन अन्तर्गत पोखरा महानगरसमितिको बुधबार सम्पन्न मतगणनाको परिणाम अनुसार सभापति पदमा सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन। महानगर समितिको सभापति एबम पदाधिकारीको निर्वाचनमा कुल १ हाजर ४४८ मतदाता रहेकोमा १ हजार ३४१ मत खसेको निर्बाचन समितिले जनाएको छ।

सभापति पदका लागि कांग्रेसको पोखरा महानगरसमितिका वर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, वर्तमान सचिव गणेशबहादुर थापा र पोखरा– ६ का निवर्तमान वडा सभापति सन्तोष पौडेल चुनावी मैदानमा उत्रिएका थिए । थापा  कांग्रेसको पोखरा महानगर कार्यसमितिको सचिव पदमा भने पौडेल पोखराको वडा -६ कार्यसमितिका निबर्तमान सभापति हुन।

सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा भएको कारण मतदान सकिएलगत्तै मतगणना सुरु गरिएको थियो । राति करिब १ बजे सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार सभापतिमा बिजुक्छेले ६८७ मत पाएर बिजयी भए भने उनका निकटतम प्रतिष्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिष्पर्धी थापाले ३१५ मत प्राप्त गरेका थिए। बिजुक्छे यस अगाडी पनि कांग्रेस पोखरा महानगरसमितिको सभापतिको जिम्मेवारीमा थिए।

कांग्रेस महानगर समितिको सचिबमा धनन्जय पौडेल निर्विरोध निर्वाचित भएका छन् । उनि यस अगाडी महानगर समितिको सदस्य रहेका थिए। कांग्रेसको पोखरा महानगरसमिति दुईसय भन्दा बढी सदस्यीय रहेपनि समितिको महिला उपसभापतिमा अम्बिका ढुंगाना र सुजिता तामांगको बिचमा तथा सहसचिबमा दामोदर पराजुली र थानेश्वर तिवारी चुनाबी प्रतिष्पर्धामा भएको थियो ।

यसैगरी महानगर कार्यसमितिको उपसभापति पदमा  ९२० मत प्राप्त गरेर किर्तिबल्लभ त्रिपाठी बिजयी भए भने उनका निकटम प्रतिद्वन्दी मिन प्रसाद भट्टराईले ३३१ मत प्राप्त गरेका थिए । महिला उपसभापति पदमा सुजिता तामांगले ६८२ मत पाएर बिजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी अम्बिका ढुंगानाले ६०८ मत प्राप्त गरेकी थिईन । तामांग पोखरा महानगरपालिका -१३ को वडा सदस्य हुन् भने ढुंगाना कांग्रेस पोखरा महानगरसमितिको सदस्य एबम नेपाल महिला संघ कास्कीको पोखर महानगरसमितिको सभापति समेत हुन।

कांग्रेस महानगरसमितिको सचिब पदमा धनन्जय पौडेल निर्बिरोध भएपनि सहसचिब पदमा दामोदर पराजुली र थानेश्वर तिवारीको बिचमा प्रतिष्पर्धा भएको थियो। पराजुली र तिवारीको प्रतिष्पर्धामा पराजुलीले ७१३ मत पाएर बिजयी भए भने तिवारीले ५६० मत मात्र  प्राप्त गरेका थिए। नेपाली कांग्रेसको पोखरा महानगर समितिका अन्य पदमा भने निर्बिरोध निर्बाचन भएको थियो ।

८ आश्विन २०८३, बिहीबार ०१:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा