Play

कास्कीमा देउवासमुहका नेताहरु: असोज ३ को वडा अधिबेशनमा गएनन, असोज १५ को तयारीमा जुट्दै

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस भित्रको आन्तरिक बिबादका कारण आसन्न १५ औं महाधिबेशन दुई समुहले छुट्टाछुट्टै रुपमा गर्ने भएका छन। बिशेष महाधिबेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको समितिलेअसोज १६ गतेबाट केन्द्रीय महाधिबेशन गर्नको लागि असोज ३ र ४ गते देशभरका वडामा वडा अधिबेशन सम्पन्न गर्दैछन। पार्टीको १४ औं महाधिबेशनबाट सभापतिमा निर्बाचित शेरबहादुर देउवाको समुहले मङ्सिर १५ बाट गर्ने केन्द्रीय महाधिबेशन अन्तर्गत असोज १५ बाट वडा अधिबेशनको प्रक्रिया शुरु गर्ने जनाएको छ।

कांग्रेसका दुवै समुहले १५ औं महाधिबेशनको लागि छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक गरेपछि कतिपय नेता कार्यकर्ताहरु अन्योलमा परेका छन। यता कतिपय  कार्यकर्ताहरुले संस्थापन समुहमा अवसर नमिलेमा इतर समुहको अधिबेशनमा सहभागी बन्ने र बिभिन्न जिम्मेवारी लिने समेत बताएका छन।

शनिबार र आइतबार पार्टीको संस्थापन समुहले वडा अधिबेशन सम्पन्न गर्दा कतिपय नेता कार्यकर्ताहरुले अधिबेशनमा सहभागिता जनाएनन। असोज ३ र ४ को वडा अधिबेशनमा सहभागिता नजनाएका नेता कार्यकर्ताहरु मध्ये अधिकांशले असोज १५ गतेबाट हुने देउवा समुहको महाधिबेशन प्रक्रियामा सहाभागिता जनाउने भएका छन। तर, केहि नेताहरुले भने कांग्रेसको दुवै समुहको महाधिबेशनमा सहभागी नबन्ने घोषणा समेत गरेका छन ।

यस अगाडीको महाधिबेशनमा कास्कीका बिभिन्न वडाबाट क्षेत्रिय प्रतिनिधि हुँदै पार्टीको केन्द्रीय सदस्य लगायत बिभिन्न जिम्मेवारी सम्हालेका कतिपय नेताहरु असोज १५ गतेबाट हुने महाधिबेशनको प्रक्रियामा सहभागी हुने जनाएका छन। १४ औं महाधिबेशनमा कास्कीबाट केन्द्रिय सदस्यमा निर्बाचित गुरु बराल, महासमिति सदस्य शोभियत बहादुर अधिकारी, महासमिति सदस्य दुर्गाप्रसाद तिमिल्सिना, महासमिति सदस्य ऋषिराम काफ्ले, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, महाधिबेशन प्रतिनिधि एबम गण्डकी प्रदेश सदस्य आशिक गुरुङ र प्रदेश प्रतिनिधि गणेशबहादुर भट्टराई, नेपाल किसान महासंघका गण्डकी प्रदेश सभापति पुष्पमणी भण्डारी लगायतका नेताहरु असोज ३ गतेको वडा अधिबेशनको प्रक्रियामा सहभागी नभएर असोज १५ गतेको वडा अधिबेशनमा सहभागी बन्ने बताएका छन ।

उनीहरुले असोज १५ गते हुने वडा अधिबेशनमा सहभागिता जनाउने र १५ औं महाधिबेशनमा सहभागी हुन जाने बुझिएको छ। यस अगाडिको महाधिबेशन अन्तर्गत सम्बन्धित वडा अधिबेशनबाट वडा सभापतीमा निर्बाचित भएका अन्य थुप्रै नेता कार्यकर्ताहरुले समेत असोज ३ गतेको अधिबेशनको प्रक्रियामा सहभागिता नजनाएको महासमिति सदस्य ऋषिराम काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए। यसैगरी पुर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङ समेत हाल कांग्रेसको सोही समुहमा सक्रिय बनेको र विश्वशंकर पालिखे र अशोक पालिखे लगायतका नेताहरुसमेत असोज ३ गते सहभागी नबनेको बताइएको छ ।

नेपाली काँग्रेसको पोखरा महानगरसमितिका सदस्य सुरेन्द्रनाथ शर्माका अनुसार अघिल्लो पटकं क्षेत्रिय प्रतिनिधि बनेर पार्टीको बिभिन्न जिम्मेवारीमा रहेकाहरुमध्येका केहि नेताहरु पनि असोज ३ गतेको वडा अधिबेशनको प्रक्रियामा सामेल भएनन। जसअनुसार गण्डकी प्रदेशका सांसद एबम महाधिबेशन प्रतिनिधि सरस्वती गुरुङ, महिला संघका पुर्व केन्द्रीय सदस्य आनन्दी राणा कार्की, महाधिबेशन प्रतिनिधि चन्द्रावती वाग्ले पौडेलले पनि वडा अधिबेशनमा सहभागी नबनेको बताइएको छ। प्रदेश सांसद गुरुङले वडा अधिबेशनको उद्घाटन गरेको भएपनि उनले  क्षेत्रिय प्रतिनिधि बन्न समेत इन्कार गरेको बुझिएको छ।

यसैगरी महाधिबेशन प्रतिनिधि बिकास लामा गुरुङ, गोबिन्द एलसी (लामिछाने), मिलन तिवारी, नेपाल तरुण दलका पुर्व जिल्ला सचिब पदम बस्ताकोटी, प्रेम बराल, तरुण दलका कास्की जिल्ला उपाध्यक्ष प्रेमलाल पुन, राजेन्द्र बराल, दिपक पौडेल, नेविसंघ पोखरा महानगर सभापती बिपिन पौडेल, ढकबहादुर थापा, अन्जनजंग थापा लगायतका नेता कार्यकर्ताहरुले असोज १५ गतेको वडा अधिबेशनमा सहभगिता जनाउने बुझिएको छ।

असोज १५ बाट अधिबेशनको प्रक्रिया शुरु गर्नको लागि आज भोलिमा नै जिल्ला, क्षेत्र र पालिकहरुमा अधिबेशन तयारी समिति गठन गरिने बताइएको छ। तयारी समिति गठनका लागि आबश्यक गृहकार्य भैरहेको कांग्रेस नेता पोषनाथ शर्माले जानकारी दिए।

४ आश्विन २०८३, आईतवार १३:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा