Play

कांग्रेस संस्थापन समुहबाट कास्कीको पोखरा महानगर र अन्नपूर्ण गाउँपालिकाको वडा सभापति को को बने ?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको संस्थापन पक्षको कार्यतालिका अनुसार १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत कास्की जिल्ला लगायत देशका ४३ जिल्लामा शनिबार देखि वडा तहको अधिबेशन औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशनअन्तर्गत पहिलो दिन शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन भएको र ३३ जिल्लामा आइतबार वडा अधिबेशन हुने नेपाली काँग्रेसले जनाएको छ। वडा तहको अधिबेशन बाट नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाए अनुसार कास्की जिल्ला लगायत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलालीमा वडा अधिवेशन सकिएको पार्टीले जनाएको छ। स्थानीय तहको यो प्रक्रियापछि क्रमशः क्षेत्रीय र जिल्ला तहका अधिवेशनहरू हुनेछन्।

यसैबीच निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज असोज ४ गते पनि ३१ जिल्लामा वडा अधिवेशन जारी रहनेछ। तर रसुवा, नुवाकोट र धादिङ गरी ३ जिल्लामा भने वडा अधिवेशन हुने छैन। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सञ्चालन हुने कार्यतालिका छ। संस्थापन समुहको महाधिबेशन असोज १६ देखि भनिएजस्तै पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवासमुहले पनि यहि असोज १५ गतेबाट वडा अधिबेशन गर्दै मंसिरमा १५ औं महाधिबेशन गर्ने गरि कार्यतालिका सार्बजनिक गरेको छ।

पोखरा महानगरका वडामा को को भए सभापति ? 

कास्की जिल्लाको पोखरा महानगरपालिकाका ३३ वडा मध्ये अधिकांश वडामा शनिबार वडा अधिबेशन सम्पन्न भएको छ। बिभिन्न वडामा भएको अधिबेशनका क्रममा यस अगाडी सम्पन्न १४ औं महाधिबेशनमा जस्तो कार्यकर्ताहरुको उत्साहपूर्ण सहभागिता नरहेको कारण अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। केहि वडामा भने कार्यसमितिमा बस्न इछ्यूक कार्यकर्ता समेत नभएको कारण रिक्त रहेको पदमा पछि मनोनयन गर्ने गरि वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु घोषणा गरिएको बुझिएको छ।

प्राप्त जानकारी अनुसार पोखरा महानगरपालिका वडा न. १ मा रामजी पौडेल, वडा न. २ मा जगदिश्वर मल्ल, वडा न.४ मा मनोज कोइराला, वडा न. ५ मा प्रकाश कोइराला, वडा न. ६ मा अनिल पहारी, वडा न. ७ मा दामोदर बराल सभापतिमा चयन भएका छन यसैगरी वडा न. ८ मा रामेश्वर अधिकारी,  वडा. न. १० मा दिपक थापा, वडा न. ११ मा बसन्तराज कोइराला, वडा न. १४ मा बिरेन्द्र बानियालाई सभापति बनाइएको छ।

यसैगरी, पोखरा महानगरपालिका १५ मा राजेन्द्र पराजुली, वडा न, १६ मा होमबहादुर बानियाँ, वडा न. १८ मा नारायण खड्का, वडा न. १९ मा विष्णुप्रसाद बाँस्तोला, वडा न. २२ मा खुसिराम बराल, वडा. न. २३ मा रबिन्द्र गुरुङ, वडा न. २६ मा शिबबहादुर रानाभाट, वडा न. २७ मा नारायणमणि लामिछाने, वडा न. २८ मा कृष्ण तिमिल्सिना, वडा न. २९ मा चिनबहादुर गुरुङ, वडा न. ३० मा डमरुबल्लभ चापागाईं वडा न. ३१  मा बिरभद्र कंडेल र वडा न. ३२ मा किसान परियार वडा कार्यसमितिको सभापति बनेका छन।

पोखरा महानगरपालिका अन्तर्गत वडा न. ३, वडा न १७ र वडा न.२४ लगायत् केहि वडामा आज मतदान हुँदै छ भने केहीको परिणाम प्राप्त हुन् बाँकी छ। अधिकांश वडामा नेतृत्व परिबर्तनको कुरा चलेपनि यस अगाडी वडा सभापति रहेका वडा न.५ का प्रकाश कोइराला, वडा न.२६ का शिबबहादुर रानाभाट र वडा न. २७ का सभापति नारायणमणी लामिछाने यस पटक पनि वडा सभापतिको जिम्मेवारीनाता अलग हुन सकेनन ।

वडा न. ३३ को सभापतिमा वडा सदस्य कार्कीसंग पराजित भए वडाध्यक्ष अधिकारी

पोखराको वडा न. ३३ मा भने सभापति पदमा मतदान नै भएको थियो । मतगणनाको परिणाम अनुसार सभापति पदमा पोखरा -३३ का वडा सदस्य प्रकाश कार्कीले २५० मत पाएर निर्बाचित हुँदा सोही वडाका वडाध्यक्ष समेत रहेका रामचन्द्र अधिकारीले १६१ मत मात्र प्राप्त गरेका थिए। अधिकारी यस अगाडी १४ औं महाधिबेशनमा पनि वडा सभापतिमा प्रतिष्पर्धा गरेकोमा तिलकराम अधिकारीबाट पराजित हुन पुगेका थिए। त्यसपछि उनलाई नेपाली काँग्रेसले सोही वडाको  वडाध्यक्षको उमेदवार बनाएर जिताएको थियो यसैगरी पोखरा-२४ मा पनि सहमती कायम हुन नसकेपछि आज आइतवार मतदान हुँदैछ ।

अन्नपुर्ण गाउँपालिकाका वडा सभापति को को ?

कास्कीको अन्नपूर्ण गाउँपालिकाका ११ वडामध्ये १० वटा वडामा नयाँ कार्यसमिति चयन गरिएको स्थानीय कांग्रेस नेता राजबहादुर गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए। गाउँपालिकाका वडा नम्बर ४ बाहेकका वडामा नेतृत्व चयन भएको हो। अन्नपुर्ण गाउँपालिका वडा नम्बर ४ सल्यानमा भने सदस्यताको पूर्ण नामावली प्राप्त नभएकाले नेतृत्व चयन प्रक्रिया स्थगित गरिएको छ।

गुरुङका अनुसार वडा नं. १ मा नरपति दाहाल, वडा नं. २ मा खगराज अधिकारी, वडा नं. ३ मा प्रकाश गुरुङ, वडा नं. ५ मा सहबहादुर बिक, वडा नं. ६ मा सालिकराम देवकोटा, वडा नं. ७ मा गौप्रसाद गुरुङ, वडा नं. ८ मा लक्ष्मी देवकोटा पौडेल, वडा नं. ९ मा गन पुन,  वडा नं. १० मा गौतम गुरुङ र वडा नं. ११ मा हितमान गुरुङलाई सभापति चयन गरिएको छ।

४ आश्विन २०८३, आईतवार ११:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा