Play

पोखरा फाइनान्सको करिब दुई करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत, प्रधान कार्यालय कमलादीमा

गुरुकुल खबर


काठमाडौं,  समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर बनेको पोखरा फाइनान्स लिमिटेड बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा इएफएल संकेतमा मर्ज भएको छ। दुवै संस्था मर्ज भएपछि नेपाल स्टक एक्स्चचेन्जमा कम्पनीको एक करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर सूचीकृत भएको छ ।

दुवै फाइनान्स एक कित्ता बराबर एक कित्ता सेयरको अनुपातमा मर्जरमा गएका थिए । मर्जमा गएपछि बुधबार नेप्सेमा दुवै कम्पनीको सेयर गाभिएर पीएफएल संकेतमा सूचीकृत भएका हुन् । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम स्टक एक्स्चेन्ज लिमिटेडमा कारोबार गर्नका लागि फुकुवा गरेको जनाएको छ ।

यसैबीच, पोखरा फाईनान्स लिमिटेडको प्रधान कार्यालय काठमाडौँको पुतलीसडकबाट कमलादी स्थित प्रभु क्यापिटल लिमिटेडको भवनमा स्थानान्तरण भएको छ । यसैसाता पोखरा फाइनान्सको प्रधान कार्यालयका अतिरिक्त पुतली सडकमै रहेको शाखा कार्यालयसमेत कमलादीमा स्थानान्तरण गरिएको पोखरा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले गुरुकुल खबरलाई जानकारी दिए।

१ आश्विन २०८३, बिहीबार १३:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा