Play

कांग्रेसको आसन्न महाधिबेशनको तयारीमा दुवै समुह: नेताहरु सक्रिय बन्दै, कार्यकर्तामा भने अन्योल बढ्दो

देउवा समुहले जिल्लामा पठायो केन्द्रीय प्रतिनिधि, कास्कीमा शंकर भण्डारी, कास्कीका पोषनाथ पर्बतमा र ऋषि काफ्ले म्याग्दीमा


गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको बिशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर तयारी शुरु गरे लगत्तै बिशेष महाधिबेशनको बिपक्षमा रहेका अर्थात १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिले पनि १५ औं महाधिबेशनको तयारी शुरु गरेको छ। पार्टीको आधिकारिता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले अधिवेशनको गतिविधि गर्न लागेकोले चौधौँ महाधिबेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिले पनि नेपाली कांग्रेसको १५ औं महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व रहेको उक्त समुहको भनाई छ।

गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको सहमतिबिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको पार्टीको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि सुरु भएको विवाद महाधिवेशनको फरक–फरक कार्यतालिका सार्वजनिक गर्ने र त्यसको तयारी गर्ने तहसम्म पुगेको हो । विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको डिभिजन बेञ्चले आधिकारिकता दिएको छ । त्यसविरुद्ध निवर्तमान सभापति देउवा र १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पूर्णबहाुदर खड्काले दायर रिटमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको छ।

पुनरावलोकनको अनुमति पाएकाले सर्वोच्च अदालतको पूर्ण इजलासले फैसला नगर्दासम्म महाधिवेशनको प्रक्रिया अगाडि बढाउन गरेको आग्रह संस्थापनले मानेन । संस्थापनले बनाएको निर्वाचन समितिले यही भदौ २४ गते वडा अधिवेशन सुरु गरेर आगामी असोज १६ गतेदेखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका यहि भदौ २ गते नै सार्वजनिक गरेको थियो । त्यसविरुद्ध देउवा समूहको बुधबार बसेको बैठकले असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मङ्सिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको हो ।

देउवा समूहले भने असोज १५ गते वडा अधिवेशन सुरु गर्ने कार्यतलिका सार्बजनिक गरेको छ । जस अनुसार पालिका अधिवेशन असोज २० गते, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मङ्सिर ४ गते र केन्द्रीय महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय उक्त समुहले गरेको छ । देउवा समूहको बैठकले क्रियाशील सदस्यताको टुङ्गो लगाउन असोज ९ गतेसम्मको समय दिएको छ।

उक्त समुहले १४औँ महाधिवेशनमा भाग लिएका सबैलाई स्वतः मान्यता दिने निर्णय गरेको छ । देउवाको समुहको गत श्रावण २९, ३० र ३१ गते  भएको राष्ट्रिय सम्मेलनको निर्देशन बमोजिम र नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिको भाद्र १७ र १८ गते वसेको बैठकको निर्णय अनुसार  पार्टीको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका र तयारी अगाडी बढाइएको हो।

कांग्रेसभित्रको आन्तरिक विवादका कारण पार्टीको १५ औँ महाधिवेशनका लागि २ भिन्नाभिन्नै कार्यतालिका सार्वजनिक भएपछि तल्लो तहका कार्यकर्तामा भने अन्योल बढेको छ जिल्लास्तरमा एबम वडास्तरमा समेत अधिबेशनको नाममा दुवै पक्षले भेला र छलफल गर्न लागेका छन।संस्थापनको रुपमा रहेको गगन थापा नेतृत्वको कार्यसमिति र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बनाएको ‘१५ औँ महाधिवेशन तयारी समिति’ ले फरक–फरक कार्यतालिका सार्वजनिक गरेपछि तल्लो तहमा अन्योल बढेको हो ।

कतिपय कार्यकर्ताले पार्टीमा दुईवटा कार्यतालिका सार्बजनिक भएको अबस्थामा बिभाजनलाई नै बढवा दिने गरि हुन लागेका दुवै महाधिबेशनको कार्यतालिका स्थगित गरि यथाशिघ्र थप छलफल गरि उपयुक्त निष्कर्ष निकाल्न र पार्टीलाई विभाजनबाट रोक्न आबश्यक रहेको प्रतिक्रिया दिएका छन। कतिपयले कार्यकर्ताले भने विभाजित कांग्रेसको अधिबेशनमा सहभागी हुनुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन।

तर, केहि नेता कार्यकर्ताहरु भने दुईवटा कार्यतालिका सार्बजनिक भएको अबस्थमा पार्टीको जिम्मेवारी लिनको लागि धेरै प्रतिष्पर्धा गर्नु नपर्ने भन्दै उत्साहित बनेको समेत देखिन्छ। कहिले भने पार्टीको असोज ३ गतेको अधिबेशनको प्रक्रियामा सहभागि बन्दा आंफुले सोचे अनुसारको जिम्मेवारी नपाएमा असोज १५ गते हुने अधिबेशनको प्रक्रियामा पनि सहभागि बन्ने बिचार व्यक्त गरेका छन ।

पार्टीको बिभिन्न जिम्मेवारी लिन चाहना राख्नेहरुमा अधिबेशनको कार्यतालिकाले केहि चासो बढाएको भएपनि बलियो कांग्रेसको कल्पना गर्नेहरु र आगामी दिनमा पार्टीले भाग लिने स्थानीय, प्रदेश एबम संघिय चुनाबमा विभाजित कांग्रेसको अबस्था दयनीय हुने सम्भावना अधिकांश कांग्रेस कार्यकर्ताको छ। यस्तो सम्भावना ब्यक्त गर्ने र बलियो कांग्रेस देख्न चाहनेहरुमा भने अधिबेशन प्रति खासै उत्साह देखिएको छैन। तर, पनि पार्टीमा उपयुक्त पदीय जिम्मेवारी सहज किसिमले पाउने अबस्था देखेमा असोज ३ गते हुने अधिबेशनमा नै उनीहरुको सहभागिता बन्ने सम्भावना छ ।

देउवा- कोइराला समुहले बिभिन्न तहमा अधिबेशन सम्पन्न गर्नका लागि पार्टीको सबै संरचनामा अधिबेशन तयारी समिति गठन गर्नको लागि शनिबार ७७ वटै जिल्लाको लागि केन्द्रीय प्रतिनिधिहरु तोकेको छ। तोकिएका प्रतिनिधिहरुले असोज ३ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समितिहरु गठन गर्न जिम्मेवारी दिईएको छ।

जसअनुसार कास्कीमा तनहुँका नेता एबम पुर्व मन्त्री शंकर भण्डारी र डा. कृष्ण गौतमलाई केन्द्रीय प्रतिनिधि पठाइएको छ यसैगरी तनहुँमा मणिभद्र कंडेल, लम्जुंगमा पुष्प पराजुली, स्यांग्जामा गोबिन्द भट्टराई, नवलपुरमा गुरु बराल, बाग्लुंगमा सरस्वती अर्याल तिवारी, मुस्तांगमा किरण पौडेल लगायतलाई तोकिएको छ ।

तोकिएका प्रतिनिधिहरुको नामावली यस प्रकार छ ।

२७ भाद्र २०८३, शनिबार २२:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा