पोखरा, चितवनको भरतपुर महानगरपालिका–९ वसन्तचोकमा एउटा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको देखिएको थियो।
आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको स्थानीय प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्र हालसम्म नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
आगलागीबाट कारमा समेत पूर्ण रूपमा क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पटक पटक ईभी गाडीमा यस किसिमका घटना सार्बजनिक हुनुले कतिपयले ईभी गाडीबाट हुने सम्भावित जोखिमका बारेमा बढी चर्चा गर्ने गरेका छन।













