Play

पोखरामा रोटरी क्लबहरु र विश्व हिन्दु परिषदद्वारा छुट्टाछुट्टै श्रद्धाञ्जली एवं दीप प्रज्वलन कार्यक्रम

गुरुकुल खबर


पोखरा, रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा क्रियाशील रोटरी क्लबहरूले संयुक्त रुपमा श्रद्धाञ्जली सभा एबम दीप प्रज्वलन कार्यक्रम गरेका छन। पोखराको शहीद चोकमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद प्रसाद कोइरालाले रोटरी संस्था सुख–दुःखमा सदैव समाजको साथमा रहँदै आएको बताए ।

विपद्को अबस्थामा सबै रोटरियनहरू सक्रियतापूर्वक राहत, उद्धार तथा सहयोगका कार्यमा जुट्नुपर्नेमा बताउंदै उनले रोटरी डिस्ट्रिक्टले पनि सबै रोटरी क्लबहरूलाई एकाकार भएर विपद् प्रभावितहरूको सहयोगमा अघि बढ्न अनुरोध गरेको जानकारी गराए।

कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले कार्यक्रममा सहभागी रोटरियनहरूप्रति आभार प्रकट गर्दै रोटरी संस्था सुख र दुःख दुवै अवस्थामा समाजका नागरिकको साथमा रहने स्पष्ट पारे। कार्यक्रममा पोखरामा क्रियाशील ११ वटा रोटरी क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो।

यसैगरी विश्व हिन्दु परिषदले पोखराको केदारेश्वर मन्दिर, पोखराको चिप्लेढुंगा बिपी चोक र लेखनाथको ग्रीनपार्कमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्यो विश्व हिन्दु परिषद गण्डकी प्रदेश समिति र जिल्ला समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

परिषद्का गण्डकी प्रदेशका अध्यक्ष रामचन्द्र पौडेलको नेतृत्वमा केदारेश्वर मन्दिरमा, परिषद्का उपाध्यक्ष इन्दिरा कोइराला र जिल्ला अध्यक्ष लेखनाथ खनालको नेतृत्वमा चिप्लेढुंगामा र महिला समितिका संयोजक बिष्णु सुबेदी लगायतको नेतृत्वमा लेखनाथको ग्रीनपार्कमा दीप प्रज्वलन गर्नुको साथै श्रद्दान्जली प्रकट गरिएको बताइएको छ ।

२५ भाद्र २०८३, बिहीबार १३:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा