पोखरा, पोखरा उधोग बाणिज्य संघको आसन्न निर्बाचनका लागि उमेदवारी दर्ता गराएको बलराम आचार्य नेतृत्वको पदाधिकारीहरुको समुहले चुनाबी अभियानलाई तिब्रता दिने क्रममा आंफ्ना प्रतिबद्दता समेत सार्बजनिक गरेको छ । आचार्य नेतृत्वको पदाधिकारीहरुको समूह केहि दिन अगाडी नै बनेको थियो । तर बिचमा केहि दिन भने उक्त समूह विभाजित हुने चर्चा समेत चलेको थियो
बिभिन्न हल्ला र चर्चाहरुकै बिचमा आचार्यसहित पदाधिकारीका उमेदवारहरुले गत मंगलवार संयुक्त बिज्ञप्ती नै जारी गरेर आँफुहरु एकजुट रहेको सन्देश दिएका छन । उनीहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा संघको बिधान बमोजिम ७ जना पदाधिकारी रहने ब्यबस्था रहेको उल्लेख गर्दै आँफुहरु सातजना पदाधिकारीका उमेदवार एकजुट भएर अगाडी बढ्ने भद्र सहमती भएको स्पष्ट पारेका छन ।

उक्त सहमतीसंगै उनीहरुले मतदाता ब्यबसायीको घरदैलोमा पुगेर सामुहिक रुपमा मत माग्ने अभियान समेत संचालन गरेका छन । उक्त समुहको तर्फबाट अध्यक्षको उमेदवार रहेका बलराम आचार्यले यस अगाडी संघको बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन । उनले दुई कार्यकाल सदस्य, एक कार्यकाल कोषाध्यक्ष, एक कार्यकाल महासचिब र हाल बाणिज्य तर्फको उपाध्यक्षको रुपमा जिम्मेवारी निर्बाह गरिसकेका छन ।
आचार्यको नेतृत्वको समुहका बरिष्ठ उपाध्यक्ष पदका उमेदवार दिनेशचन्द्र बाँस्तोलाले पनि यस अगाडी एक कार्यकाल संस्थाको कोषाध्यक्ष र दुई कार्यकाल सदस्य रहेर काम गरिसकेका छन । हाल उनि उधोग तर्फको उपाध्यक्षको जिम्मेवारीमा छन । बाँस्तोला मुद्रण संघ कास्कीको अध्याक्ष एबम पोखरा फेवा लेकसिटी लायन्स र पोखरा न्युरोड रोटरीको अध्यक्ष समेत रहेर काम गरिसकेको छन ।
यसैगरी उक्त समुहको उधोग तर्फको उपाध्यक्षमा ललितबहादुर कुँवरको उमेदवारी रहेको छ । अघिल्लो अधिबेशनमा सर्बाधिक मत पाएर चुनाब जितेका कुँवरले यस पटक उधोग तर्फको उपाध्यक्षमा प्रतिष्पर्धा गरिरहेका छन ।
यसैगरी संघको बाणिज्य तर्फको उपाध्यक्षमा मनोज कुमार श्रेष्ठले उमेदवारी दिएको छन । उनले पनि यस अगाडी दुई कार्यकालसम्म सदस्यको रुपमा काम गरिसकेका छन । यसैगरी आचार्यको प्यानलमा रहेर हालका उपमहासचिब सुदिप प्रधानांगले महासचिब पदमा र कार्यसमितिका सदस्य देबेन्द्र प्रजुले कोषाध्यक्ष पदमा तथा तिन कार्यकाल सदस्य रहेर काम गरेका प्रदीप राजभण्डारीले उपमहासचिब पदमा उमेदवारी दिएका छन
अध्यक्ष सहित पदाधिकारीहरुको संयुक्त प्यानल बनेको भएपनि कार्यसमितिका सदस्यहरु भने हालसम्म कुनै प्यानलमा जोडिएको छैनन । सदस्यका उमेदवारहरुमध्ये ८ जनाको छुट्टै समूह बनेर प्रचार प्रसार अभियान समेत शुरु भैसकेको छ भने अन्यले पनि आंफ्नो किसिमले चुनाबी प्रचार अभियान अगाडी बढाएका छन ।
अध्यक्षका अन्य उमेदवारहरु मध्ये शोभा गौतमले पनि पदाधिकारीहरुको प्यानल बनाएर आंफ्नो चुनाबी अभियान शुरु गरेकी छन भने अन्य उमेदवार अर्जुन पोखरेल र उत्तममान बुद्दाचार्यले एकल रुपमा चुनाबी अभियान संचालन गरेका छन । आज बिहिबारसम्म कुनै उमेदवारले नाम फिर्ता नलिएमा आज नै उमेदवारको अन्तिम नामावली प्रकाशन हुने र चुनाबी गतिविधिले थप तिब्रता पाउने देखिएको छ ।
बलराम आचार्य अध्यक्षको उमेदवार रहेको समुहले चुनाबी अभियानको क्रममा व्यवसायिक ऐक्यवद्धता, हाम्रो प्रतिवद्धता भन्ने नारा सहित आंफ्नो समुहको प्रतिबद्दता समेत सार्बजनिक गरेको छ । जस आनुसार यूवा उद्यामीहरुलाई उद्यमशिलताको लागि सहजीकरण गर्ने, बेरोजगार र व्यवसायीलाई एकै थलोमा भेटिने गरि अर्धवार्षिक रुपमा रोजगार मेला सञ्चालन गर्ने, पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन तथा व्यापारिक गन्तव्यका रुपमा विकास गर्न निजी क्षेत्रसँग सहकार्य समन्वय गरि उत्कृष्ट गन्तव्य बनाउन पहल गर्ने जस्ता कुराहरु समाबेश गरिएका छन ।
यसैगरी व्यवसाय दर्ता, नविकरण, कर तथा अनुमति प्रकृयालाई सरल र व्यवसायमैत्री बनाउन पहल गर्ने, स्थानिय उत्पादक र ठुला ब्यबसायी बिच बिटुबि सम्बन्ध विस्तार गर्ने, पोखरालाई डिजिटल हव एबम ज्ञानको राजधानी बनाउन पहल गर्ने, सरकारी निकायसँग सहकार्य, साझेदारी, समन्वय गरि नीतिगत समस्या समाधानका लागि साझा संवाद मञ्च निर्माण गर्ने, निजी क्षेत्रकाका समस्या हेर्नेगरि एउटा समन्वय समिति निर्माण गर्ने कुरालाई पनि आचार्य नेतृत्वको समुहले प्रतिबद्दता व्यक्त गरेको छ ।
यसैगरी सबै क्षेत्र हेर्ने क्षेत्रगत समितिलाई अधिकार सहित गठन गर्ने, बिना धितो व्यावसायिक योजना बमोजिम ऋणको व्यवस्था र नवउद्यम एबम नव प्रबर्त्तन प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, यूवाहरुलाई रोजगारी र स्वरोजगारमा जोड्न विशेष कार्यक्रम बनाइने र व्यवसायिक मेलमिलाप केन्द्र गठन गर्न पहल गर्ने जस्ता कुरालाई पनि उक्त प्यानलले आंफ्नो एजेण्डा र प्रतिबद्दताको रुपमा अगाडी सारेको जनाएको छ ।















