Play

पोउबासंघको चुनाब : उद्योगतर्फको उपाध्यक्षमा कुँवर र थापाबिच रोमान्चक प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

गुरुकुल खबर


पोखरा, पोखराको जेठो र निजि क्षेत्रको छाता संस्था पोखरा उधोग बाणिज्य संघको ३६ औं महाधिबेशनले संघका सदस्य ब्यबसायीहरु सहित पोखराका सर्बसाधारणमा समेत चर्चा पाउन थालेको छ। यस क्रममा संघका बर्तमान उपाध्यक्ष बलराम आचार्य र बर्तमान महासचिब शोभा गौतमले पदाधिकारीको छुट्टाछुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन भने बर्तमान बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य र पुर्व महासचिब अर्जुन पोखरेल दुवैजना प्यानल नभएपनि प्रतिष्पर्धामा छन।

यस पटकको चुनाबमा बिभिन्न पदमा हुने प्रतिष्पर्धा मध्ये उधोग तर्फको उपाध्यक्ष पदमा हुने प्रतिष्पर्धा रोचक देखिएको छ। यसपटक उधोग तर्फको उपाध्यक्षमा प्रतिष्पर्धा गर्ने ललित बहादुर कुँवर र सौगात थापा दुवैजना संघको बर्तमान कार्यसमिति अर्थात गोकर्ण कार्की नेतृत्वको कार्यसमितिका सदस्य हुन। उनीहरु दुवै जनाले निर्बाचित सदस्यको रुपमा संघमा पहिलो पटक प्रतिनिधित्व गरेका हुन हुन।

उनीहरु दुवै जनाले अघिल्लो कार्यकाल अर्थात पवन प्रजापती नेतृत्वको कार्यकालमा पनि मनोनित भएर बिभिन्न जिम्मेवारी सम्हालेका थिए । थापाले कार्यसमितिको मनोनित सदस्यको रुपमा तथा कुँवरले सांस्कृतिक उपसमितिमा मनोनित सदस्य रहेर काम गरेका थिए भने गोकर्ण कार्की नेतृत्वको वर्तमान समितिमा दुई पटक कुँवरले मेलाको सांस्कृतिक समितिको संयोजक रहेर बिभिन्न शहरमा पुग्ने र मेलाको लागि सहयोग जुटाउने अभियानमा सक्रिय रहे।

कुँवर र थापाको ब्यबसायको प्रकृति करिब मिल्दोजुल्दो नै छ। होटल, कृषि फर्म र रियलस्टेट सहित विभिन्न ब्यबसायिक प्रतिष्ठानमा आबद्द कुँवर मिलनसार र सरल युवा ब्यबसायीको रुपमा समेत चिनिन्छन । उनले होटल लुना, लालुपाते कृषि फर्म, आभाष ट्रेडर्स जस्ता ब्यबसायिक प्रतिष्ठान संचालन गरिरहेका छन । शीतल चौतारी लायन्स सहित विभिन्न संघ संस्था र विभिन्न सहकारी संस्थामा समेत कुँवर आबद्द छन । यसैगरी थापा पनि हस्पिट्यालिटी, पर्यटन देखि रियल स्टेट सहित बिभिन्न व्यवसायमा संलग्न छन होटल बगैंचा, अंशुभरा ग्रुप, पोखरा ट्रेड मल लगायतका ब्यापारिक प्रतिष्ठानको साथि युवा उधमी मंच लगायतका बिभिन्न संघ संस्थामा उनी आबद्ध छन।

जातीय एबम राजनीतिक र ब्यबसायिक प्रकृतिको आधारमा पनि दुवैजना उस्तै उस्तै मानिन्छन। जातीय आधारमा भन्दा दुवैजना क्षेत्री समुदाय र राजनीतिक आधारमा भन्दा दुवैजना नेपाली काँग्रेससंग नजिक मानिन्छन। ललित कुंवर आँफै वडा तहको संगठनबाट र पार्टीका भिन्न भातृ संस्थामा काम गरेर राजनीतिक रुपमा चिनिएका छन भने थापालाई बुवा बिन्दुकुमार थापाले नेपाली काँग्रेसको राजनीतिमा मारेको छलांग अर्थात पारिवारिक पृष्ठभुमीले साथ दिएको छ।

बिन्दुकुमार थापा पोखरा उधोग बाणिज्य संघको पुर्व अध्यक्ष समेत हुन। पोखरा उधोग बाणिज्य संघको अध्यक्षमा चुनाब लड्ने बेलामा नेपाली काँग्रेसमा जोडिएका थापाले छोटो समयमा नै कांग्रेसबाट दुई पटकसम्म गण्डकी प्रदेशको सांसद र पटक पटक प्रदेश मन्त्री बन्ने अबसर समेत पाए। संघको पुर्व अध्यक्षको नाताले संघको अधिबेशनमा कसलाई कुन पदमा उमेदवार बनाउने भन्ने निर्णायक तहको छलफलमा समेत थापा सहभागी रहे। उनि समेतको छलफलबाट संघको अध्यक्षमा बलराम आचार्यलाई उमेदवार बनाउने निर्णय भएको थियो । तर, आचार्यको प्यानलमा उनले छोरालाई उमेदवार बनाउन सक्ने अबस्था रहेन। त्यसपछि उनले उमेदवार मनोनयनको अघिल्लो दिन अध्यक्षका अर्का उमेदवार शोभा गौतमको प्यानलमा छोरा सौगात थापालाई उधोग तर्फको उमेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

कुन पदमा कसले उमेदवारी दिने भन्नेमा पनि संघका कार्यसमितिका पदाधिकारी र सदस्यहरूबीच सामान्य छलफल भयो। सोहि अनुरुप कुँवरले व्यक्तिगत एबम पदाधिकारीको प्यानलमा रहेर सामुहिक रुपमा नै उमेदवारी सार्बजनिक गरे। चुनाबको चर्चा चले लगत्तै कुँवरसहित दिनेशचन्द्र बाँस्तोला, मनोज कुमार श्रेष्ठ, सुदिप प्रधानांग, प्रदिप राजभन्डारी र देबेन्सन प्रजुले पदाधिकारीको संयुक्त प्यानल बनाएर बलराम आचार्यको नेतृत्वमा चुनाबमा जाने प्रतिबद्दता गरे । तर, थापाले कुन पदमा चुनाब लड्ने भन्ने निर्णय व्यक्तिगत रुपमा वा सामुहिक रुपमा सार्बजनिक गरेनन । तर अन्तिम अबस्थामा आँफुलाई शोभा गौतम प्यानलको उपाध्यक्षको उमेदवारको रुपमा सार्बजनिक गरे।

संघको अघिल्लो महाधिबेशनमा कुल २ हजार २ सय ५१ मत मध्ये ललित बहादुर कुँवरले सर्बाधिक मत पाएर कार्यसमिति सदस्यमा चुनाब जितेका थिए। उनले सबै भन्दा बढी अर्थात १ हजार ५ सय ३९ मत पाएर चुनाब जित्दा उनीसंगै सदस्य पदमा प्रतिष्पर्धा गरेका सौगात थापाले १ हजार ४ सय ९४ मत पाएर तेश्रो स्थानमा चुनाब जिते। यसरी हेर्दा कुँवरले अघिल्लो चुनाबमा थापालाई ४५ मतले पछाडी पारेका थिए। त्यसबेला दोश्रो स्थानमा चुनाब जित्ने देबेन्सन प्रजु भएका थिए। उनले १ हजार ५ सय १६ मत पाएका थिए १० जना सदस्यको लागि भएको निर्बाचनमा सबैभन्दा कम मत १ हजार ३ सय पाएर चुनाब जित्नेमा यादव प्रसाद पोखरेल रहेका थिए।

यसपटक अघिल्लो चुनाबमा जस्तो कुँवर र थापाको प्रतिष्पर्धा १० जनामध्येमा चुनाब जितेर संघको कार्यसमितिमा पुग्ने भन्ने छैन। उनीहरु दुईजनाको बिचमा सिधा प्रतिष्पर्धा छ। संस्थाको लागि को आबश्यक पर्छ ?  कसले बढी काम गरेको छ ?  अर्थात समय दिएको छ ? भन्ने जस्ता कुरामा पनि मतदाताको ध्यान जानसक्छ। तसर्थ कुँवर र थापा बिच सिधा प्रतिष्पर्धा हुँदा मतदाता ब्यबसायीले उनीहरुको यस अगाडिको कार्यसम्पादन र संस्थामा पुर्याएको योगदानलाई पनि पक्कै मुल्यांकन गर्लान भन्ने बिश्वास गरिएको छ।

पोउबासंघले सार्बजनिक गरेको एक बिबरणमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुले बैठक र संघका बिभिन्न कार्यक्र्ममा जनाएको उपस्थिति उल्लेख गरिएको छ। यसमा पदाधिकारी एबम सदस्यहरुले कतिवटा बैठक र कतिवटा कार्यक्रममा सहभागिता जनाए भन्ने पुरा विवरण राखिएको छ। मतदाताहरुले यसको आधारमा पनि कुन उमेदवारले कति समय संस्थाको लागि दिएको छ भन्ने मुल्यांकन गरेर समेत मतदान गर्ने देखिन्छ।

जस अनुसार संघको २ बर्षे कार्यकालमा भएका कार्यसमितिका ३१ वटा बैठकमध्ये कार्यसमितिका सदस्य ललित कुँवरको उपस्थिति २५ वटामा अर्थात ८० प्रतिशत रहेको छ। कार्यसमितिका सदस्य सौगात थापाको उपस्थिति ५ वटामा मात्र अर्थात १६ प्रतिशत मात्र रहेको उक्त विवरण मार्फत सार्बजनिक गरिएको छ। यसैगरी सोही कार्यकालमा संघले संचालन गरेका बिभिन्न ९५ वटा कार्यक्रममध्ये कुँवरले ४५ वटा कार्यक्रम अर्थात करिब ४७ प्रतिशत कार्यक्रममा सहभागिता जनाएका छन भने थापाले ४ वटा अर्थात ५ प्रतिशत भन्दा कम कार्यक्रममा मात्र सहभागीता जनाएको विवरणमा उल्लेख छ।

९ भाद्र २०८३, मंगलवार ११:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा