पाेखरा, कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको अवसरमा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ,कास्कीसंगको सहकार्यमा आयोजित रक्तदानमा १ सय ७ यूनिट रगत संकलन भएकाे छ । उक्त रक्तदान कार्यक्रम कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोहरी सापकोटाको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीकाे प्रमुख आतिथ्यतामा गरिएकाे हाे ।
कास्की रेडक्रसका सभापति भण्डारीले रक्तदाता समेत रहेका कलम साकोसका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् । कार्यक्रममा कलम सहकारीका पुर्व अध्यक्ष तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका सल्लाहकार सभापति ऋषिराम भण्डारी, संघका सल्लाहकारहरु लक्ष्मीप्रसाद त्रिपाठी, ज्ञान बहादुर कार्की र अर्जुन पोखरेल, प्रादेशिक रक्त संन्चारका ईन्चार्ज अर्जुन ज्ञवाली लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

कलम बचत तथा ऋण सहकारी संस्था तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका ब्यवसायीहरू र भ्याली टेक्निकल ट्रेनिङ इन्टष्टिच्युटको सक्रिय सहभागिता रहेको कार्यक्रमको संचालन कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव लाल प्रसाद पाठकले गरेका थिए यसैगरी कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमेशराज बराल र पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीका अध्यक्ष गोबिन्द गौतमले आआफ्नो संस्थाको गतिबिधि र रक्तदानको महत्वबारेमा चर्चा गरेका थिए ।















