Play

भारतको ‘स्वतन्त्रता दिवस’ पोखरामा पनि मनाइयो, सांस्कृतिक कार्यक्रमसंगै उत्कृष्ट बिधार्थीलाई सम्मान

गुरुकुल खबर


पोखरा, भारतको ८० औं स्वतन्त्रता दिवस आज शनिबार पोखरामा पनि मनाइएको छ । सन् १९४७ अगस्ट १५ को दिन भारतले बेलायती औपनिवेशिक शासनबाट मुक्ति पाएको सम्झनामा प्रत्येक बर्ष अगष्ट १५ मा यो दिवस मनाउने गरिन्छ । शताब्दीऔँ लामो ब्रिटिश शासनबाट मुक्ति पाएको यो दिनलाई भारतले आफ्नो त्याग र गौरवको प्रतीकका रूपमा मनाउँदै आएको छ।

यसै क्रममा भारतीय दूतावास पेन्सन वितरण कार्यालय पोखराले शनिबार पोखराको रामबजार स्थित पेन्सन वितरण कार्यालयमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमहरू गरेर स्वतन्त्रता दिवस मनाएको जनाएको छ। उक्त कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्नेल चितरञ्जन साहुले भारतीय राष्ट्रिय ध्वजात्तोलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न परम्परागत नृत्यहरू प्रदर्शन गरिएको र सांस्कृतिक प्रस्तुतिहरूले दुई देशबीचको ऐतिहासिक र सामाजिक एकताको सन्देश दिएका थिए ।  कार्यक्रममा नेपाल–भारत मैत्री विद्यालय पोखरामा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिनुको साथै जेहेन्दार र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई शिक्षाविद् जर्ज जोन र ब्रिटिश आर्मीका पूर्व कर्नेल जेपी क्रसले पदक तथा सम्मानपत्र प्रदान गरेका थिए। उनीहरूले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै पुरस्कार वितरण गरेका थिए ।

पेन्सन वितरण कार्यालय पोखराका पब्लिक रिलेशन अफिसर भूषण पाण्डेले भूपू सैनिक र उनीहरूका परिवारको योगदानको सम्मान गर्न यस किसिमको कार्यक्रम गरिंदै आएको छ । स्वतन्त्रता दिवसको अवसरमा महात्मा गान्धी, भगत सिंह र सुभाषचन्द्र बोस लगायतका स्वतन्त्रता सेनानीहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूको संघर्षले नै भारतमा लोकतन्त्र र सार्वभौमसत्ताको उदय भएको चर्चा कार्यक्रममा गरिएको थियो ।

पोखरामा आयोजना हुने यस्ता कार्यक्रमले दुई देशका जनताबीचको आपसी सम्बन्ध र भ्रातृत्वलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास दुवै मुलुकको नागरिक तहबाट लिईएको छ । यो कार्यक्रमले छिमेकी देश नेपालसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने माध्यम समेत प्रदान गरेको छ ।

३० श्रावण २०८३, शनिबार २३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा