Play

पार्टीका सबै तहका समिति बिघटन गरि सबैको सहमतिमा अधिकार सम्पन्न महाधिबेशन आयोजक समिति बनाउन कास्की कांग्रेसका सभापति बरालको माग

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको केन्द्रिय कार्यसमिति देखि प्रदेश, जिल्ला र मातहतका सबै समितिहरु भङ्ग गरेर १५ औं महाधिबेशनको लागि बाटो खुलाईदिन पार्टीका केन्द्रीय सभापति गगनकुमार थापासंग माग गरेका छन ।

मंगलवार बिहान आंफ्नो सामाजिक संजाल फेसबुकमा कांग्रेस सभापति थापालाई पत्र लेख्दै कास्कीका सभापति बरालले पार्टीका सबै तहका समिति भंग गरि सबैको सहमतिमा १५औ महाधिवेशन गर्न सबै अधिकारहरु प्रत्यायोजन गरेर अधिकार सम्पन्न महाधिबेशन आयोजक समिति बनाउन समेत आग्रह गरेका छन।

पार्टीका अग्रज नेताहरु र गगन थापा नेतृत्वको केन्द्रीय समितिको बिचमा मतभेद जारी रहेको र पार्टी विभाजनको चर्चा चलिरहेको अबस्थामा गगन थापा र विश्वप्रकाश शर्माको निकट भनेर चिनिने कास्की कांग्रेसका सभापति बरालले ब्यक्त गरेको उक्त भनाईलाई महत्वका साथ् हेरिएको छ।

पार्टीमा ‘दाजुहरुले भन्न नसक्नुभएको , माग्न नभ्याउनु भएको वा छुटाउनु भएको बाकी केही कुरा छन् भने पनि सोधी सोधी पुरा गरिदिन समेत उनले आग्रह गरेका छन ।  ‘राजनीतिमा साबि कुरा जित्नुपर्दैन, केहि कुरा छोडेर पनि इतिहास जितिन्छ’ बरालले भनेका छन।

उनले फेसबुकमा लेखेको कुरा यस प्रकार छ। 

गगनजी
जय नेपाल ।

हिजो तपाईं नेतृत्वको कार्यसमितिलाई सम्बोधन गरेर एउटा लामै पत्र सम्प्रेषण गरेको थिए । ब्यस्तताले पढ्न नभ्याउनु भएको हुनसक्छ । आज बिहान करिब ३ बजे ब्युझिएछु । निन्द्रा लागेन । धेरै कुरा मनमा खेले । मनको खुल्दुलीले यो पत्र जन्माएछ । कहिलेकाही निन्द्रा नलाग्दा पनि राम्रै हुँदै रहेछ कि कुन्नि ।

दाजुहरुले के भन्नु भयो ? के भन्न लगाउनु भयो ?; दाजुहरुले कति गाली गर्नु भयो ? कति गाली गर्न लगाउनु भयो ?; दाजुहरुले मुद्दा फिर्ता लिनुहुन्छ , लिनुहुन्न । दाजुहरुको पछाडि कति जनमत छ वा छैन ? यी सबै तपसिलका कुराहरु हुन । झिनामसिना कुराहरुहुन । यस्ता कुराहरु किसुनजीले भन्नुभए जस्तैः सचेत बिस्मृतिमा राखेर अगाडि बढ्नुहोस । तपाईंको राजनीतिक राजमार्ग खुला छ, सफा छ । ढुक्क हुनुहोस ।

दाजुहरुको सबै माग पुरा गरिदिनुहोस। नेतृत्व भनेको आफ्ना आलोचकहरुलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाईदिनु पनि हो । दाजुहरुलाई राम्रो सग सुत्न दिनुहोस् , निदाउन दिनुहोस् । फेरि यसो गर्न खोज्दा तपाईंलाई रोक्न खोज्नेहरु पनि उतिकै हुन्छन् । तपाईंको वरिपरि पनि तपाईंको दौराको फेरो समातेर मात्रै बैतर्णी तर्न सक्नेहरुको संख्या पनि सानो छैन , गम्भीर हुनुहोस्

दाजुहरुकै माग अनुसार दाजुहरुले नै भनेका मानिसहरु समेत राखेर के के समिति बनाउनु पर्ने हो बनाउछु भन्नु भएकै छ बनाउनुहोस । दुनियाँले राम्रो सग देख्न , सुन्न र महशुस गर्न सक्ने गरि सबैको सहमतिमा १५औ महाधिवेशन गर्नका लागि आवस्यक पर्ने सबै अधिकारहरु प्रत्यायोजन गरेर एउटा अधिकार सम्पन्न समिति बनाईदिनुहोस , केन्द्रिय कार्यसमिति देखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमितिहरु भङ्ग गरिदिनुहोस । बाटो खुलाईदिनुहोस । दाजुहरुले भन्न नसक्नुभएको , माग्न नभ्याउनु भएको वा छुटाउनु भएको बाकी केही कुरा छन् भने पनि सोधी सोधी पुरा गरिदिनुहोस ।

कठिन समयमा ठूलो कुरा बोल्नेभन्दा ठूलो निर्णय गर्ने साहस चाहिन्छ। इतिहासमा नेताहरु केवल चुनाव जितेर र पदमा बसेर महान् बनेका होइनन्; कठिन समयमा सही निर्णय गरेर महान् बनेका हुन्। तपाईं महान बन्ने बाटोमा हुनुहुन्छ । आज तपाईंले यो निर्णय गरेर नेपाली कांग्रेसको भावी इतिहासलाई एउटा नयाँ बाटो दिन सक्नुहुन्छ। संदेश दिन सक्नुहुन्छ । काङ्ग्रेस बिभाजन गर्न खोज्नेहरुलाई जबाफ दिन सक्नुहुन्छ । समयले सधै यो अवसर दिदैन । चेतनाको उच्च तहको भरपुर प्रयोग गरिदिनुहोस ।

राजनीतिमा सबै कुरा जित्नु पर्दैन । कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ।
शुभकामना छ ।

दाई
किशोर दत्त बराल
कास्की
मिति : २०८३ श्रावण २६ गते
समय : बिहान ४ बजे , शुभ-मुहुर्त

२६ श्रावण २०८३, मंगलवार ०६:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा