Play

पोखराको मदरल्याण्ड स्कुलका बिधार्थीहरुलाई एक्सलेन्स अवार्ड सहितको सम्मान

गुरुकुल खबर


पोखरा, शिक्षा क्षेत्रमा स्थानीय एबम राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल पोखराको मदरल्याण्ड सेकेण्डरी स्कुलमा एक्सलेन्स अवार्ड वितरण गरिएको छ । बिधालयमा आयोजित एक समारोहमा कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा उच्चशिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ भन्दा बढी विद्यार्थीलाई नगद ६ लाख ५० हजार रुपैयासहित मदरल्याण्ड एक्सलेन्स अवार्डबाट सम्मान गरिएको हो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन र विज्ञान दुबै समूहमा नेपाल टप्न सफल राजेश पौडेल, जीवन अधिकारी र कृतिका थापालाई नगद दुईदुई लाख रुपियाँका साथ दोसलाले सम्मान गरिएको थियो । त्यसैगरि कक्षा १२ पछि उच्चशिक्षाका लागि नेपाल सरकार अन्तर्गत इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल प्रवेश वास्तोला, प्रशिम पोख्रेल, विनायक बास्तोला, सुवास पौडेल, प्रदीप भण्डारी, शिव भण्डारी, अभिजोन लामिछाने सजिस बाँस्तोला, अवपदीप बानियाँ, रीतिका अधिकारी, आदर्श सुवेदी, आधुनिक ढुङ्गाना, स्नेहा अधिकारी, मिसन भुगाईँ र सुजन तिमिल्सिना सम्मानित भएका थिए।

त्यस्तै चिकित्सा शिक्षा एमबिबिएसतर्फको प्रवेश परीक्षामा उत्कृष्ट आठौँ स्थानका साथ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सक्षम लामिछानेलाई नगद रु ५० हजार सहित सम्मान गरिएको छ । सोहि अवसरमा एमबिबिएसमै छात्रवृत्ति पाउने रजनी दाहाल, कृतिका थापा र जीवन अधिकारीलाई पनि विद्यालयले सम्मान गरेको छ । त्यसैगरि राष्ट्रियस्तरका विभिन्न विश्वविद्यालयले लिएका बिबिए र बिआइएमको प्रवेश परीक्षा टप्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सफल गुरुङ, सम्पदा थापा र अनिल बास्तोलालाई पनि विद्यालयमा सम्मान गरिएको छ।

यसका साथै कृषिमा भारतीय दूतावास अन्तर्गतको बिएस्सी अनर्समा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल दिपसन गुरूङलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट जिपिए ९३.८ का साथ कक्षा १२ पास गरेका थप विद्यार्थी कृष्टल रेग्मी, सजग तिवारी, कृतज्ञ श्रेष्ठ र मिलन रेग्मी तथा भर्खरै सम्पन्न हिसान स्पोर्ट्स मिटमा पदक प्राप्त गर्न तथा सहकार्यकलाप अन्तर्गत विभिन्न पुरस्कार हात पार्न सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। सोही अवसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको पुरस्कार तथा छात्रवृत्ति पनि वितरण गरिएको थियो।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा र  विद्यालयका संस्थापक एव नारायण आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा पोखरा- ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, उपनिर्देशक वसन्तराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकराज आचार्य, विद्यालय निर्देशक त्रिभुवन शर्मा लगायतले विद्यार्थीहरूलाई सम्मान गरेका थिए। विद्यालयका संस्थापक प्राचार्य नारायण बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागका विभागीय प्रमुख बामनकुमार घिमिरेले गरेका थिए।

२३ श्रावण २०८३, शनिबार ०९:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा