पोखरा, कास्कीको अन्नपुर्ण गाउँ पालिका -वडा न. २ को वडा सदस्यमा नेपाली काँग्रेसको तर्फबाट निर्बाचित मायादेबी अधिकारीलाई पितृशोक परेको छ। उनका बुवा नेपाली काँग्रेसका क्रियाशील सदस्य एबम स्थानीय समाजसेवी हुमनाथ भण्डारीको ९० बर्षको उमेरमा हालै निधन भएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस घर भएका भण्डारीका तिन छोरा र तिन छोरीको परिवार रहेको छन। जसमध्ये जेठा छोरा निलकण्ठ भण्डारीको परिवार पोखराको हेम्जामा रेस्टुरेन्ट ब्यबसायमा संलग्न रहेका छन। माइला नवराज भण्डारीको परिवार धम्पुसस्थित घरमा बस्छन भने कान्छा छोरा नारायण भण्डारी लामो समयदेखि माल्दिभ्समा बैदेशिक रोजगारीको क्रममा रहँदै आएको छन ।

स्व भण्डारीका तिन छोरीहरु मध्ये माया अधिकारी अन्नपुर्ण गाउँपालिका -२ को वडा सदस्य, स्थानीय दुर्गा भवानी आदर्श आधारभूत बिधालय ब्यबस्थापन समितिको अध्यक्ष समेत हुन। अन्य छोरीहरु खरिका सुबेदी र बिनिता सुबेदी रहेको छन।
भण्डारीको निधनपछी उनको परिवारमा समबेदना व्यक्त गर्न एबम स्व भण्डारीप्रति श्रद्दन्जली प्रकट गर्न नेपाली काँग्रेस लगायत बिभिन् दलका नेता कार्यकर्ता एबम बिभिन्न संघसंस्थाका प्रतिनिधि र शुभचिन्तकहरु धम्पुसस्थित उनको निवासमा पुग्ने क्रम जारी छ ।














