पोखरा, कास्की जिल्लाको प्रशिद्द पदमार्ग मर्दी हिमाल क्षेत्रमा गएका तीन जना युवाको सकुशल उद्द्वार गरिएको छ। तिन दिनदेखि सम्पर्क नभएका उनीहरु मोदी खोलाको किनारमा आइपुगेपछि सोहि ठाउँबाट उनीहरुलाई उद्द्वार गरिएको हो । पदयात्राका क्रममा बाटो बिराएर उनीहरु भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा पुगेका थिए। हाल उनीहरुको अबस्था सामान्य रहेको र खाना खाएर केहि समय झिनु डांडामा आराम गरेपछि केहि घन्टामा नै उनीहरु पोखरा आइपुग्ने बुझिएको छ ।

सोहि पदमार्गको हाइक्याम्पमा डबल भ्यु होटल संचालन गर्दै आएका सूर्य तामांगका अनुसार ति युवाहरुले बाटो छोडेर हिंडेको कारण नै यो अबस्था आएको भन्दै सहज ठाउँमा पनि उनीहरुले किन बाटो छोडेर हिंडे भन्ने प्रश्न गरे। उक्त घटनाका कारण त्यस क्षेत्रका स्थानीय पर्यटन ब्यबसायी देखि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले समेत दुख पाउनुपरेको मात्र नभएर मर्दी हिमाल पदमार्गको बदनाम हुन पुगेको उनको दुखेसो थियो ।
‘उनीहरुलाई हिजो साँझ नै रेस्क्यु गर्न सकिन्थ्यो तर त्यसको लागि उनीहरु माथि उक्लिनुपर्थ्यो। तर, उनीहरुले आँफुहरु निकै थाकेको र माथि उक्लिन नसक्ने बताएपछि मोदी खोलाको किनारमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा समेतको प्रयासमा उनीहरुलाई खोला पारिबाट उद्वार गरिएको हो ।’ तामांगले उद्वार गरिएको स्थानबाट गुरुकुल खबरसंग कुरा गर्दै भने, केहि संचार माध्यमले स्थानीय बासिन्दा वा यहाँ खटिएका सुरक्षाकर्मीसंग सम्पर्क नगरीकन समाचार लेखेको कारण आमनागरिकहरुलाई सहि सुचना प्रवाह हुन् नसकेको समेत स्पष्ट पारे ।

यसरि उद्वार गरिएका युवाहरुमा पोखरा महानगरपालिका- १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ और २३ वर्षका दिपेश गुरुङ रहेको बुझिएको छ। उनीहरुलाई अन्नपूर्ण गाउँपालिका- ११ को छोमरंगको फेदीमा मोदी खोलापारि किनारबाट उद्वार गरिएको थियो ।
मर्दी हिमाल ट्रेकिङका लागिगत साउन १० गते निस्किएका उनीहरु माछापुच्छ्रे गाउँपालिका- ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए । भोलिपल्ट अर्थात साउन २० गते बिहान ८ बजेसम्म सम्पर्कमा रहेका ती युवाहरु त्यसपछि सम्पर्कविहीन भएका थिए । उनीहरु हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा ४ जनाको टोली खोजीका लागि खटिएको थियो ।

हराएका युवाहरुको खोजी गर्ने क्रममा साउन २० गते साँझ पौने ६ बजे स्थानीयले उनीहरुलाई मोदी खोलापारि देखेपछि युवाहरु फेला परेको जानकारी आएपछि उनीहरुको उद्द्वारको लागि घान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट १० जनाको टोली घटनास्थल पुगेको थियो । खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरुलाई वारी ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।














