काठमाडौँ, रिलायन्स फाइनान्स लिमिटेडले कर्मचारीहरुबीच आपसी सदभाव र सहकार्य क्षमता तथा स्वस्थ जीवनशैलीको प्रबर्द्दन गर्ने उद्देश्यले आयोजना गरेको प्रथम फुटसल प्रतियोगितामा रिलायन्स फुटसल लायन्स् बिजेता भएको छ भने रिलायन्स फुटसाल लिगेसी उपबिजेता भएको छ।
कार्यक्रममा बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाईफाइनान्सका प्रमुुख कार्यकारी अधिकृत डा. बुुद्धि मल्ल र उपप्रमुख कार्यकारी अधिकृत रामहरी आचार्यले मेडल प्रदान गर्नुका साथै बिजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा फाईनान्सका बिभिन्न शाखाहरुबाट ४ वटा टिम रिलायन्स फुटसल लायन्स, रिलायन्स फुटसल लर्डस्, रिलायन्स फुटसल लिगेसी र रिलायन्स फुटसल लिडर्स सहभागी थिए । कार्यक्रममा फाइनान्सका उच्च व्यवस्थापन तथा कर्मचारी रअन्यको समेत सहभागिता रहेको थियो।
कार्यक्रमपछि टिम क्याप्टेनहरु अखण्ड श्रेष्ठ, अभिषेक के.सी., प्रमोद प्रजापति र दिक्पाल श्रेष्ठले खेलकुद गतिविधिहरु मार्फत कर्मचारीहरुको शारीरिक तन्दुरुस्तीलाई फाईदा पुर्याउनुको साथै टिमवर्कको भावनामा बृद्धि गर्नको लागि सकरात्मक भूमिका खेलेको बताए
संस्थामा रहेका कर्मचारीहरुको प्रतिभालाई चिन्ने मौका दिनुका साथै कर्मचारीहरुले दैनिक कार्य भन्दा फरक बातावरण प्राप्त हुने भएकोले यसबाट संस्थालाई सकारात्मक प्रभाव पर्ने भन्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने फाईनान्सले जनाएको छ ।















